नयाँ शक्ति (नेसपा) का नेता डा बाबुराम भट्टराईले हालको नेपालको अन्तरिम अवस्थालाई ‘पुरानो मरेको तर नयाँ नजन्मिसकेको राक्षसहरूको काल’ भन्दै त्यसबारे सबैले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएका छन्।
प्रसिद्ध प्रगतिशील चिन्तक आन्तोनियो ग्राम्सीलाई उद्धृत गर्दै भट्टराईले वरिष्ठ भारतीय पत्रकार भारत भूषणले दिएको उक्त उपमा नेपालको वर्तमान राजनीतिक अवस्थासँग सान्दर्भिक रहेको बताएका छन्।
फेसबुकमार्फत उनले लेखेका छन्, ‘हामी नेपालीले त्यति धेरै हीनतावोध पाल्न जरूरी छैन। ऐतिहासिक रूपले लोकतान्त्रीकरणको प्रक्रियामा केही ढिलो भए पनि बिसं २००७ देखि २०७२ सम्म ठूला बलिदानीपूर्ण संघर्षहरू गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएका छौँ ।’
००००
गायिका प्रताप दास र एलिना चौहानले भाइटीका लगाएका छन् । एलिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भाइटीकालगाएको जानकारीसहितको फोटो सार्वजनिक गरेका हुन् ।
उनीहरुको सम्बन्धबारे सामाजिक सञ्जालमा फलोअर्सहरुले विभिन्न टिप्पणी गर्दै आएका थिए । यस्तो टिप्पणीपछि एलिनाले आफूहरूको सम्बन्ध दाजुबहिनीको रहेको भन्दै तिहारमा भाइटीका लगाउने बताएकी थिइन् । सोहीअनुसार उनले भाइटिका लगाएको तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन् ।
००००
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन ९मापसे०विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।
उपत्यकामा विगतका वर्षमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो ।
००००
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
यमपञ्चक समेत भनिने तिहारको छैटौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमै तिहारको टीका लगाएका छन् ।
उनले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान ११ बजेर ३९ मिनेटको शुभ साइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाएका हुन् । प्रधानमन्त्रीले भने टिका लगाइनन् ।
००००
सरकारले आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । जसको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले हालै मात्र विभिन्न राजनीतिक दलसँग छलफल गरेकी छन् । त्यसअघि निर्वाचन आयोगले दलहरूसँग छलफल गरेको थियो ।
फागुनमा निर्वाचन तोकिएकाले निर्वाचन सुरक्षा, तयारीसहित विभिन्न काममा अहिलेदेखि नै लाग्नुपर्ने देखिन्छ । तर, दलहरूले सरकारबाट सुरक्षा सुनिश्चितता खोजिरहेका छन् भने सरकारले दलहरूको साथ । यस्तोमा अर्को जटिल विषय भनेको चुनावबारे सबै दलहरूको धारणा औपचारिक रूपमा आइसकेको छैन ।
००००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको बताएका छन् ।
मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
००००
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् ।
बिहीबार दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले भने, ‘युवा पुस्ताको विद्रोहपछि मुलुकमा शान्ति र स्थायित्वमा अन्योलता देखिएको अवस्थामा सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्यबाटमात्रै देशले निकास पाउनेमा विश्वस्त छु ।’
००००
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताएका छन् ।
अन्तर व्यवस्थापिका संघ ९आईपीयू०को १५१ औं महासभाको सन्दर्भमा जेनेभामा रहेका अध्यक्ष दाहाल र अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डलसँग बिहीबार भएको भेटवार्तामा उनले नेपालमा जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन र चुनाव घोषणा भएको जानकारी गराएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
८ कार्तिक २०८२, शुक्रबार ११:२९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो