काठमाडौं। नेपालीका लागि वैदेशिक रोजगार वरदान सावित हुँदै गर्दा राज्यका लागि भने अभिषाप बन्ने निराशाजनक आँकलन गरिरहँदा अध्यागमन विभागले भने ति सामाजिक सञ्जालमा अन्दाजको भरमा दिएका तथ्याङ्कलाई मित्थ्याङ्कमा परिणत गरेर विभागको तर्फबाट यथास्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । जुन तथ्याङ्कमा वार्षिक १६ लाख नेपाली बाहिरिँदा १२ लाख नेपाली स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
केही दिन अघि सार्वजनिक सो तथ्याङ्क अनुसार एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली विदेशिएका छन् । त्यसरी विदेश जानेहरूमा वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजन रहेको छ । सन् २०२३ को १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएकामध्ये महिलाको संख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको संख्या ११ लाख ७१ हजार १८६ जना रहेको छ ।
तथ्याङ्क अनुसार एक वर्षमा १२ लाख ६३ हजार ४६९ जना नेपाल आएका छन् । नेपाल आउनेमा सबैभन्दा धेरै युएइबाट २ लाख १७ हजा १५९, भारतबाट २ लाख २०८ जना, कतारबाट १ लाख ९२ हजार ८८९ जना, मलेसियाबाट १ लाख ८१९ जना, साउदी अरबबाट १ लाख ६ हजार ५२९ जना रहेका छन् । यस्तै नेपाल फर्किनेको संख्या धेरै हुनेमा अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, कुवेत, दक्षिण कोरिया, थाइल्याण्ड, क्यानडा क्रमश रहेका छन् ।
विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् । त्यसपछि दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् । जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन् । जसमा पुरुष ७० हजार ८०८ र महिला ९६ हजार ६७३ जना रहेका छन् ।
यस्तै वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना बिदेसिँदा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेको विभागको भनाइ छ । यसै गरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना विदेसिँदा पुरुषको संख्या ५१ हजार ८७६ र महिलाको संख्या ४० हजार ४६८ जना रहेका छन् । यस्तै स्थायी आवासीयतर्फ पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ गरी कुल ७० हजार ९१५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् । यसै गरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै विदेसिएको तथ्याङ्कमा उल्लेख छ ।
त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २ लाख ७१ हजार ८८ जना गएका छन् । त्यसपछि भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना गएका छन् । यस्तै छैटौँ नम्बरमा अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली गएका छन् । अस्ट्रेलियामा एक वर्षको अवधिमा १ लाख ५ हजार ३४३ जना नेपाली गएका हुन् । यस्तै जापान, अमेरिका, युके र कुवेतमा क्रमशः सातौँ, आठौँ, नवौँ र दशौँ शीर्ष स्थानमा नेपालीको गन्तव्य देखिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो