फिफा विश्वकप २०२६ मा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ ।
नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पाराग्वेलाई ४-१ गोलअन्तरले हराउँदै अमेरिकाले घरेलु मैदानबाट विश्वकपमा विजयी सुरुवात गरेको हो ।
लस एन्जलसमा भएको खेलमा अमेरिकाले सातौँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलमार्फत अग्रताको सुरुवात गरेको थियो ।
पहिलो हाफको ३१औँ मिनेट अमेरिकाका फोलारिन बालोगुन गोल गर्दै २-० को अग्रता कायम गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बालोगुनले थप १ गोल गरी अमेरिकालाई ३-० गोलको अग्रता बनाएका थिए ।
माउरिसिओले ७३औँ मिनेटमा पाराग्वेको तर्फबाट पहिलो गरे । तर, अमेरिकाले दोस्रो हाफको इन्जुरी समयमा पनि एक गोल थप्यो । दोस्रो हाफको इन्जुरी समयमा अमेरिकाका जियोभानी रेयना गोल गरे ।
अन्तत: नतिजा अमेरिकाको पक्षमा पर्यो ।
zCqnQYsJJSU
३० जेठ २०८३, शनिवार १२:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो