​सुनसरीमा ‘क्षमता विकास अन्तर्गत पत्रकारितामा एआई को प्रयोग’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

सुप्रिया राई

इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा पत्रकारीतामा एआइकाे प्रयाेग  प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ।


​‘क्षमता विकास अन्तर्गत पत्रकारितामा (कृत्रिम बौद्धिकता) को प्रयोग’ विषयक उक्त प्रशिक्षण कार्यक्रम पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

​नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा भित्रिँदै गरेको नयाँ प्रविधि र एआई  को सुरक्षित तथा प्रभावकारी प्रयोगका बारेमा छलफल र प्रशिक्षण दिइएको थियो। कार्यक्रममा प्रशिक्षक प्रवेश सुवेदीले सहभागी पत्रकारहरूलाई प्रशिक्षण गराएकाे हाे ।

​विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेकाे साे ​कार्यक्रम ​​डिजिटल प्रविधिको विकाससँगै पत्रकारितामा भित्रिएका चुनौती र अवसरलाई मध्यनजर गर्दै पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिका लागि यो कार्यक्रम निकै फलदायी रहेको सहभागीहरूले बताएका छन्।

सुप्रिया राई
प्रतिक्रिया