दमक । कोशी प्रदेशका उद्यमीहरुलाई वस्तु उत्पादन, प्रवद्र्धन, वदैशिक व्यापार प्रवद्धर्न, बजारीकरणसम्बन्धी सीप र ज्ञान दिने उद्दश्ेयले आयोजित ७ दिने तालिम समापन भएको छ । दमक चेम्बर अफ कमर्सको सहकार्यमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको आयोजनामा सो तालिम सम्पन्न भएको हो । दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा आयोजित सो समापन कार्यक्रमका प्रमुख अतिथि चेम्बर केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ओम बिमली रहेका थिए । सो कार्यक्रममा २५ जना सहभागी प्रशिक्षार्थी व्यवसायीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । विशिष्ठ अतिथि व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण समेत दिएका थिए । दमक चेम्बरका सचिव राम रिमालले सञ्चालन गरेको सो कार्यक्रममा चेम्बरसँग सम्बन्धित विभिन्न निकायका पदाधिकारीको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि बिमलीले कार्यक्रमलाई सम्बोधन गर्दै आफुले प्राप्त ज्ञान, शीपलाई उत्पादक किसानसम्म पु¥याउने जिम्मेवारी सहभागीहरुको काँधमा आएको बताए । उनले यस तालिमबाट जो जसले तालिम लिनु भएको छ उहाँहरु अबको राष्ट्रिय अर्थतन्त्रको नयाँ जगको रुपमा खडा हुनुभएको र आगामी दिनको गन्तव्य, सोच यो तालिमले परिवर्तन गरेको महसुस आफुले गरेको बताए । विदेश पलायन भईरहेका युवा शक्तिलाई रोकेर स्वदेश वस्तु विदेशमा निर्यात गर्न उत्पादनसँग जोड्न मद्दत पुग्ने अपेक्षा पनि गरे । आर्थिक क्षेत्रमा निकै कमजोर राष्ट्रले भर्खरै बजेट ल्याएको छ । शिक्षा क्षेत्रमा यति ठूलो बजेट नछुट्टिएको अवस्था र यस्ता खालका तालिम पनि नगरेको हुँदा सरकारले ल्याएको १० खर्बको बजेटलाई शिक्षा क्षेत्रको २ खर्बको बजेटलाई यो तालिमले चुनौति दिन सक्नुपर्ने बताए । देशको ठूलो बजेट अनुत्पादक क्षेत्र सामाजिक सुरक्षामा खर्बभन्दा माथि गएको छ । राज्यबाट बाहिर जाने पैसा रोक्ने र औद्योगिकरण र आत्मनिर्भरसँग जोडेर निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका अब युवा व्यवसायी खेल्नुपर्ने औल्याएका छन् । विभिन्न जातजाति, धर्म संस्कृति, खानपान, रहनसहन आदि सबैलाई आयआर्जनभित्र जोडेर विदेशमा ब्रान्डिङ गरेर निर्यात गर्न सक्नु अबको ठूलो चुनौति र अवसर पनि हो । हाम्रा भिरपखामा आयआर्जन गरेर अन्य देशलाई निर्यात गर्न सक्ने वस्तुहरु धेरै छन र तिनीहरुको पहिचान गरेर व्यवसायिकतामा लाग्नुपर्ने पनि उनले औल्याएका छन् । उनले हामी अहिले बजार खोज्दै बाहिर जाने र पछि ति वस्तुहरु खोज्दै यहाँ आउने बनाउनुपर्ने पनि बताए । उनले खाद्य संस्थाले चामल घरको दैलोसम्म पु¥यायो तर किसानले उत्पादन गरेका वस्तु नकिनेका कारणले अहिले धेरै उत्पादनहरु ह्रास भएका छन् । यस्ता कुराहरुलाई ध्यानमा राखेर कृषिका धेरै वस्तुहरुलाई निर्यातको आधार बनाउनसक्नेतर्फ लाग्न पनि आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै दमक चेम्बर अफ कमर्शका अध्यक्ष ढकालले आफुले सुरुमा तालिमलाई सामान्य रुपमा लिएको भए पछि पछि मात्र यसको महत्व बुझेको र दमकलगायत विभिन्न क्षेत्रबाट पाल्नु भएका कोशीप्रदेशका युवा व्यवसायीका लागि निकै महत्वपूर्ण तालिम दिन सफल भएको बताए । सो तालिममा सहभागी प्रशिक्षार्थीहरुले दिएको अभिव्यक्तिले आफुलाई उत्साहित बनाउने समेत उनले बताए । उनले तालिमबाट पाएको ज्ञानलाई आफ्नो व्यवसाय र व्यवसायीसँग जोडिने उत्पादन र बजारीकरणमा जोड सक्नुपर्नै बताए । नयाँ सोच र चिन्तन अनि तालिमको शिपबाट आर्थिक आयआर्जनमा जोडिँदै उद्योगीको रुपमा तपाईको भविष्य स्थापित हुने र राष्ट्रका लागि अर्थतन्त्रको नयाँ टुल्सको रुपमा काम गर्न सक्ने क्षमताको विकास भएको महसुस आफुले गरेको बताए ।
कार्यक्रममा सहभागी प्रयास सुवेदी, पोटेन्सियल एक्पोर्ट ट्रेनिङ प्रोमोसन सेन्टरले दिएको तालिमले आफुले पहिलो सोचेका भिजन, मिसन भन्दा तालिमपछि धेरै फरक परेको महसुस भएको बताए । देशको लागि कृषिसँग सम्बन्धित धेरै उद्योग, व्यवसायबाट राष्ट्र बाहिरको बजारमा पठाउन सकियो भने त्यसले वैदेशिक रोजगारलाई घटाउने अपेक्षा आफ्नो रहेको बताए । तालिमबाट लिएको ज्ञानलाई व्यवसायिक प्रयोग गर्दै जाने प्रतिबद्धता पनि जनाए । दमकबाटै पाँचथर जिल्लामा खाद्यान्न सप्लाई गर्ने काम गरिरहेको र यो तालिमपछि अब यसलाई उत्पादनसँग जोडेर विश्व बजारमा लैजानेतर्फ आफ्नो सोच तालिमले बढाएको बताए । कुचो, अलैंचीलगायतका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने सोच रहेको बताए ।
यसैगरी काठमाडौंदेखि सो तालिममा सहभागी ज्ञवासी न्यौपाने तितौरा व्यवसायी हुन । तितौला व्यवसायी भएको कारणले यस्ता तालिमको अवसर खोजिरहेको अवस्थामा आफुले पाएको सुनाए । यस तालिमबाट उत्पादनलाई कसरी निर्यातसम्म पु¥याउने, बजार कसरी खोज्ने, त्यसका लागि आइटीको प्रयोग कसरी गर्नेलगायतका धेरै महत्वपूर्ण उपलब्धीका कुराहरु सिक्ने अवसर पाएको बताए ।
अर्का दमक–८ का भेषराज न्यौपाने हुवीलचेयरमै सहयोगीका साथमा सहभागी भए । उनले विश्व बजारमा नेपाली सामानहरुको बजारीकरणको के अवस्था छ ? कहाँ कस्ता सामग्री उत्पादन हुन्छन भनेर बजार सर्भे गर्ने र सोही अनुसारको आफुले उत्पादन गरेका वा बाहिरबाट ल्याएका सामानलाई कसरी ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने भन्ने विषयमा ज्ञान आर्जन भएको बताए ।
फिक्कल इलामदेखि तालिम लिन आएका सुमित श्रेष्ठले व्यवसायिक जीवनमा फलदायी हुने पहिलो कार्यक्रममा सहभागी भएको बताए । आफ्नो ठाउँमा उत्पादन सामग्री रमेट्रियल्सलाई कसरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउने भन्ने विषयमा यो तालिमले एउटा महत्वपूर्ण टुल्सको काम गरेको पनि उनले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो