आगामी टी–२० विश्वकप २०२६ फेब्रुअरी २४ बाट भारत र श्रीलंकामा सुरु हुँदैछ। नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्न लागिरहेको छ। अघिल्लो विश्वकपमा नेपालले कुनै जित निकाल्न नसकेको भए पनि टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशसँग कडा प्रतिस्पर्धा गरी आफ्नो छाप छोड्न सफल भएको थियो।
यसपटक नेपालको समूहमा ईंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटली रहेका छन्। यीमध्ये ईंग्ल्यान्ड र वेस्ट इन्डिज टेस्ट राष्ट्र हुन्। पहिले बंगलादेश समूहमा थिए, तर भारतको अनुपस्थितिका कारण बंगलादेशलाई हटाइ स्कटल्यान्डलाई समावेश गरिएको छ। कुल २० राष्ट्र ४ समूहमा विभाजित छन्, प्रत्येक समूहमा ५–५ टोली। समूहका शीर्ष दुई टीमले सुपर ८ प्रवेश गर्नेछन्। नेपाल पहिलो पटक सुपर ८ पुग्ने लक्ष्य राखेको छ।
प्रतिद्वन्द्वीहरू:
-
ईंग्ल्यान्ड: दुईपटक टी–२० विश्वकप विजेता (२०१०, २०२२), युवा कप्तान ह्यारी ब्रुकको नेतृत्वमा। जोस बटलर, फिल साल्ट, बेन डकेट लगायत बलिया ब्याटर छन्। बलिङमा जोफ्रा आर्चर र आदिल राशिद मुख्य। नेपालले फेब्रुअरी ८ मा पहिलो खेल ईंग्ल्यान्डसँग खेल्नेछ।
-
वेस्ट इन्डिज: २०१२ र २०१६ का विजेता। पावर हिटर टिम, बलिङ कम धारिलो। कप्तान शाई होप सबैभन्दा भरपर्दा ब्याटर। नेपालले गत वर्ष वेस्ट इन्डिजसँग ३ म्याचको सिरिजमा २–१ ले जित निकालेको थियो। नेपालले फेब्रुअरी १५ मा भिड्नेछ।
-
स्कटल्यान्ड: एसोसिएट राष्ट्र, टी–२०मा अनुभव सम्पन्न। नेपालसँग स्तर समान, फेब्रुअरी १७ मा भिड्ने। नेपालले पछिल्लो त्रिदेशीय सिरिजमा स्कटल्यान्डसँग बराबरी प्रदर्शन गरेको थियो।
-
इटली: समूहको कमजोर टीम, पहिलो पटक विश्वकप खेल्दैछ। युवा र अपसेट क्षमता राख्ने खेलाडी छन्, तर अनुभव कम। नेपालले फेब्रुअरी १२ मा खेल्नेछ।
नेपालले पहिलो पटक सुपर ८ पुग्ने इतिहास रच्ने लक्ष्य राखेको छ। ईंग्ल्यान्ड र वेस्ट इन्डिज जस्ता बलिया टीमसँग भिड्ने चुनौती रहला, तर स्कटल्यान्ड र इटलीविरुद्ध नेपालले जितको अवसर बढी छ। अघिल्लो अनुभव र सुधारिएको प्रदर्शनको आधारमा नेपालले समूह चरणमा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्न सक्ने अपेक्षा छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो