प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय सोमबार मध्यरातबाट सकिएको छ । यस अघि चुनावी अभियानको अन्तिम घडीमा दलहरू घरदैलो, कोणसभा, भेटघाट तथा सामाजिक सञ्जालमार्फत आफ्नो पक्षमा जनमत सिर्जना गर्न सक्रिय देखिए ।
यसपटक फागुपूर्णिमा पर्व पनि यही अवधिमा परेकाले कतिपय उम्मेदवारहरूले यसलाई पनि सदुपयोग गर्दै भीडभाडयुक्त सार्वजनिक कार्यक्रमभन्दा आन्तरिक बैठक, कार्यकर्ता प्रशिक्षण र मतदाता समन्वयमा ध्यान केन्द्रित गर्ने रणनीति पनि बनाएको हुन सक्छ । मौन अवधिको सुरुवातसँगै कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार, मत माग्ने अभियान, नाराबाजी, जुलुस, सभा, विज्ञापन तथा सामाजिक सञ्जालमार्फत मतदाता प्रभावित पार्ने गतिविधि गर्न पाइँदैन । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न सबै दल, उम्मेदवार, सञ्चारमाध्यम र मतदातालाई आग्रह गरेको छ ।
मौन अवधि लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरण मानिन्छ । यस अवधिमा मतदाताले शान्त वातावरणमा उम्मेदवार र दलका एजेन्डाबारे मनन गर्ने अवसर पाउँछन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मौन अवधिको कडाइका साथ कार्यान्वयन आवश्यक हुन्छ । यदि कसैले नियम उल्लंघन गरेमा कानुनी कारबाही हुने व्यवस्था पनि छ ।
लोकतन्त्रको आधार नै स्वतन्त्र र निष्पक्ष निर्वाचन हो । मतदाताले डर, दबाब वा प्रलोभनबाट मुक्त भई आफ्नो मताधिकार प्रयोग गर्न पाउनु लोकतान्त्रिक प्रणालीको मूल आत्मा हो । त्यसैले मौन अवधिमा सबै पक्षले संयम र जिम्मेवारी देखाउँदै आचारसंहिताको पालना गर्नु अनिवार्य छ । निष्पक्ष निर्वाचनबाटै जनताको विश्वास सुदृढ हुन्छ र लोकतान्त्रिक संस्थाहरू बलियो बन्छन् । लोकतन्त्रलाई बलियो बनाउने आम निर्वाचनको यो चरण अरु भन्दा संवेदनशिल र महत्वपूर्ण पनि मानिन्छ । यो आचरणको पालना गर्ने अवधी पनि हो । त्यसैले लोकतान्त्रिक अभ्यासमा गई रहेका दल र उम्मेद्वारहरुले यो आचरणको पूर्ण पालना गरि यसको गरिमा जोगाउन आवश्यक छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो