पहिलो वार्म–अप खेलमा नेपालको शानदार जीत

खगेन्द्र कार्की

एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो वार्म–अप खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध शानदार जीत निकालेको छ ।

मंगलवार राति चेन्नईको चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा नेपालले यूएईलाई १८ बल बाँकी छँदै ७ विकेटले पराजित गरेको हो ।

नेपालले टस जितेर पहिला फिल्डिङ गरेको खेलमा यूएईले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने तथा करण केसीले समान दुई विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । यूएईका लागि सोहेब खानले सवाधिक ३८ रनको योगदान दिए भने हर्षित कौशिकले ३५ रन बनाए ।

१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमै खेल जित्यो । नेपालका लागि आरिफ शेखले अविजित ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५० रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाएको खेलमा ओपनर द्वय कुशल भूर्तेल तथा आशिफ शेखले भने समान ८ रनको योगदान दिए ।

नेपालले आफ्नो दोस्रो वार्म–अप खेल बिहीवार क्यानाडाविरुद्ध खेल्दैछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया