इटहरीमा लगाइएको प्रथम जुत्ता चप्पल महोत्सव विवादमा, ग्राहकको आकर्षण बढ्दो

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । स्थानीयको व्यवसायी र उद्योग वाणिज्य संघ इटहरीसँग समन्वय नगरी जुत्ताचप्पल उद्योगीबाटै इटहरीमा जुत्ताचप्पल महोत्सव लगाए पछि विवादमा तानिएको छ । शुक्रबार इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलबाट उद्घाटन गर्ने भनिएको सो महोत्सवमा स्थानीय व्यवसायी र उद्योग वाणिज्य संघले असन्तुष्टि जनाए पछि उद्घाटन हुन सकेन । काठमाडौंमा जुत्ता चप्पलको उद्योग सञ्चालन गर्ने शुभकामना फुटवेयर इन्ड्रष्ट्रिज प्रा.ली. काठमाण्डौ नेपालले सो महोत्सव आयोजना गरेको हो ।

स्थानीय विरोध पछि आयोजक समितिले प्रक्रियागत ढंगबाट महोत्सवको आयोजना गरिएको स्पष्टिकरण समेत दिएका छन् । इटहरी उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण प्रक्रिया पूरा गरिएको कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । कानुनले अनुमति दिएका सम्पूर्ण बस्तुको प्रक्रिया पुर्‍याएर बेच्न पाइने भएकाले सोही अनुसार गरिएको उनको भनाइ छ ।

यद्यपि उद्घाटनको कार्यक्रम स्थगित भए पनि बिक्री वितरण नरोकिने आयोजना समितिले जनाएको छ । इटहरी प्रथम जुत्ता चप्पल महोत्सव आयोजक समितिका अनुसार कर कार्यालयबाट अस्थायी पान लिएर व्यवसाय सञ्चालन गरेको उपाध्यायले बताए । आयोजकका अनुसार यस अघि सोही महोत्सव बुटवल, जनकपुर, बिर्तामोड र काठमाडौँमा सञ्चालन भईसकेको छ । इटहरीमा स्थानीय व्यापारी र उद्योग वाणिज्य सङ्घले अवरोध गरेको धमलाको गुनासो छ ।

इटहरी चोकको पश्चिम लाइनमा सुरु भएको जुत्ता(चप्पल महोत्सवमा उद्घाटन नभए पनि नेपाली ब्राण्डका सस्तो मूल्यमा जुत्ताचप्पल पाउने भएपछि भिडभाड बढेको देखिन्छ । सो मेला तथा प्रदर्शनी फागुन ११ गते देखी चैत्र १५ गते सम्म रहने आयोजकले जनाएको छ । स्वदेशी व्राण्डलाई आम उपभोक्ताहरुको विचमा परिचीत गराउँदै स्वदेशी वस्तुनै प्रयोगलाई आम उपभोक्तामाझ पु¥याउनु नै सो महोत्सवको उद्देश्य रहेको बताइएको छ । 



फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया