इटहरी । झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ रतुवामाइ नगरपालिका–२ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ रतुबामाई–८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुवाम–९ का २५ वर्षीय मनिस राई र ७ ग्राम ४ सय ३० मिलिग्राम सहित ३३ वर्षीय डिकेन्द्र तामाङलाई पक्राउ गरिएको हो।
यसैगरी, मोरङ पथरी शनिश्चरे–२ का ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सुर्य बि.कको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम, मोरङ कानेपोखरी–७ क ३८ वर्षीय जोनी राईको साथबाट २ ग्राम ६ सय १०मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ–६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३ सय २० मिलिग्राम, उर्लाबारी–२ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय मुकुन्द दुलालको साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम बरामद गरिएको हो ।
यसैगरी, झापा गौरादह–८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २ सय ७० मिलिग्राम, झापा कमल गाँउपालिका– २ का २७ वर्षीय समिर न्यौपाने र २७ वर्षीय निरज सुब्बाको साथबाट १ ग्राम ३ सय ६० मिलिग्राम, कमल गाँउपालिका–४ का ३०वर्षीय इन्द्र लिम्बू र ३६ वर्षीय सुमन राईको साथबाट २ ग्राम ८ सय ९० मिलिग्राम, झापा दमक–५ का २२ वर्षीय आशिष कुमार साह र २८ वर्षीय निरज सुबेदीको साथबाट ३ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यस्तै, उर्लाबारी नगरपालिका–४ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीले सोहि स्थान कि ४९ वर्षीया लिला कुमारी थारु र उनको छोरा २५ वर्षीय रंजित धामि थारु र २४ वर्षीय प्रबिन धामि थारुलाई ब्राउन सुगर २ ग्राम ९ सय ६० मिलिग्राम, बिभिन्नसहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार झापा बिर्तामोड–५ स्थितबाट लागू औषध व्यूरो काँकडभिट्टा टोलिले झापा मेचिनगर –१० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७ सय २० मिलिग्राम र निषेधित औषधी ९ क्याप्सुल सहित पक्राउ गरेको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ । कोशी प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप,भारतीय गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो