धनकुटा । धनकुटाको चुङवाङ पुख्यौली घर भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मेडिकल व्यवसायी सुनिल शर्माले धनकुटाबाट थालेको राजनीतिक भ्रमण सम्पन्न गरेका छन् । धनकुटादेखि इलामसम्मको राजनीतिक यात्राले कांग्रेसजनमा खुशी र उर्जा त थप्यो नै जनतामा समेत जागरण ल्याएको धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राईले बताए ।
राजनीतिप्रति जनतामा जागेको वितृष्णा र नैराश्य त छँदै थियो राजनीतिक दलका नेता तथा कार्यकर्तामा छाएको नैराश्यतालाई सांसद डा. शर्माको राजनीतिक भ्रमणले उर्जा थपेको अनुभूति भएको सचिव राइले बताए । डा. शर्माले पूर्वी पहाडको भोजपुर संखुवासभा, तेह्थुम, ताप्लेजुग, पाँचथर हुँदै ईलाम सम्मको पहिलो चरणको राजनैतिक भ्रमण सम्पन्न गरेको पनि राईले बताए ।
भ्रमणका क्रममा डा. शर्मालाई विभिन्न जिल्लामा महत्वपूर्ण पदीय जिम्मेवारी निभाएका व्यक्तिहरुसँग भेटघाट, छलफल र परामर्श गर्ने काम भएको छ । सांसद डा. शर्माले नेपाली कांग्रेस भोजपुर जिल्लाका सभापति तथा प्रदेश सभाका सांसद बिनोद वान्तवा, प्रदेश सभाका सांसद मान वहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, तेह्थुम जिल्लाका सभापति अर्जुन तुम्वाहाम्फे, निर्वतमान जिल्ला सभापति गोविन्द्र ढुगाना, पाँचथरका जिल्ला सभापति रुप नारायण जबेगु, निर्वतमान जिल्ला सभापति नरेन्द्र केरुग, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, तेह्थुम जिल्लाका कोषाध्यक्ष प्रेम तुम्वाहाम्फे, नेता निर्मल ढुंगाना, नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा बराल लगायतका नेताहरुको उक्त भ्रमणमा सहभागीता रहेको धनकुटा सचिव राईले बताए ।
यसैगरी धनकुटामा नेपाली कांग्रेसका सभापति दिनेश राईको अध्यक्षता, भोजपुरमा जिल्ला उपसभापति गजेन्द्र कार्कीको अध्यक्षतामा, संखुवासभामा जिल्लाका कार्यवहाक सभापति अनन्त गौलीको अध्यक्षतमा, तेह्थुम जिल्लामा जिल्ला सभापति अर्जुन तुम्वाहाम्फेको अध्यक्षतमा, ताप्लेजुगमा जिल्ला सभापति गजेन्द्र तुम्हाङ्क लिम्बुकोृ अध्यक्षतमा,पाचथरमा जिल्ला सभापति रुपनारायण जवेगुको अध्यक्षतमा र ईलामामा जिल्ला सभापति डम्वर खड्काको अध्यक्षतमा वृहत कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रमहरु भएको राईले जानकारी दिए ।
भेटघाट कार्यक्रममा सांसद डा. शर्माले नेताहरुको गलत निर्णय र क्रियाकलापका कारण अहिले भ्रष्ट्राचार बढेकोले राजनीति प्रति वितृष्णा जागेको, जनतामा निराशा छाएको र कार्यकर्ताहरुमा नैराश्यता आएको भन्र्दै अब नयाँ ढंगबाट कांग्रेसलाई संगठित गरेर लान सवै कांग्रेसजनले नेताहरुलाई पुरस्कार र दण्ड दिने काम गर्नुपर्ने औंल्याएको धनकुटा सचिव राईले बताए ।
डा. शर्माले नेताहरु ईमानदार भए जनताहरुको आधारभूत आवाश्यकताहरु पुरा गर्न सकिने भन्र्दै स्वास्थ्य बिमालाई एक लाख देखी १० लाख सम्म पु¥याउनु पर्ने र शिक्षाका लागी विद्यार्थीहरुलाई ऋण दिनु पर्ने, जलविद्युत उत्पादन बढाउनु पर्ने भ्रष्ट्रारलाई पूर्ण रुपमा निर्मूल गर्नुपर्ने बताए ।
पूर्वी पहाडको ७ जिल्लाहरुमा भएको राजनैतिक भ्रमणमा व्यापक रुपमा नेपाली कांग्रेसका जिल्ला नेतााहरु र जिम्मेवार कार्यकर्ताहरुको उपस्थिति रहेको र उनीहरुको गुनासाहरु र समस्याहरु नेता शर्माले जिम्मेवारीपूर्वक सुन्नु भएको र समाधानका उपायहरु समेत दिनु भएकोले शिथिल बन्दै गएको कांग्रेजनमा नयाँ उत्साह र समाजमा जागरण ल्याएको धनकुटा कांग्रेस सचिव राईले बताए ।
पूर्वी पहाडका जनताहरुलाई प्रत्यक्ष रुपमा भेटघाट गर्दै उनीहरुको समस्याहरु सुन्दै समाधान गर्न लागी पहल गरेको र मुत्युसंग लड्दै गरेका गरिब असहाय र पहुँचविहिन विरामीहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था भ्रमणका क्रममा जनतासँग गरेको पनि सचिव राईले सुनाए । डा. शर्माको यो भ्रमणले गरिब, असहाय, आर्थिक पहुँच नपुग्नेहरुका लागि जीवनदान भएको पनि सचिव राईले बताए । यो पहिलो चरणको भ्रमणसँगै सांसद् डा. शर्माले ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्र भ्रमण गर्ने लक्ष्य राखेको पनि धनकुटा कांग्रेस सचिव राईले डा. शर्मालाई उदृत गर्दै बताएका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो