कालाबञ्जरमा मेरो माइक्रोफाइनान्सको एक दिने गोष्ठीसहित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुनसरीको कालाबञ्जरमा  मेरो माइक्रोफाइनान्स लघुवितीय संस्था लिमिटेड कालाबन्जर शाखाले ‘बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वितिय साक्षरता अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ५ क वडाअध्यक्ष रोहित काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमको सभापतित्व कुशेश्वर प्रसाद कैवटले गरेका थिए । 

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पाएको यस वित्तिय संस्थाको कालाबञ्जर शाखाले आयोजना गरेको सो कार्यक्रममा कालाबञ्जर प्रहरी कार्यालयका प्रमुख धन बहादुर भुजेल, संस्थाका अनुगमन टोली मधेसा सुनसरीका सागर भण्डारी विशेष आतिथ्यता रहेको सो कार्यक्रममा बालग्राम शाखाका अनुमगन अधिकृत रविन्द्र प्रसाद कँडेलको समेत विशेष आतिथ्यता रहेको थियो । कालाबन्जर शाखाका नरेन्द्र कुमार यादवले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न तह र तप्काका संस्थामा आवद्ध महिला दिदीबहिनीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । ठूलो संख्यामा उपस्थित रहेका महिलाहरुलाई संस्थाको विषयमा प्रशिक्षण दिँदै कार्यक्रमको समापन गरिएको थियो । झण्डै एक अरब चुक्त पुँजी रहेको र एक लाख बढी दिदीबहिनीलाई एउटै वित्तिय संस्थामा राखेर अरबौं ऋण प्रवाह गरिरहेको यस संस्थाले गाउँ गाउँका दिदीबहिनीहरुलाई समृद्धिको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । प्रायः सबै जिल्लामा गरी सय बढी शाखा खोलिसकेको यस लघुवित्तिय संस्थाका सय बढी शाखाहरु सञ्चालनमा रहेका छन् । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया