डब्लु एल फुड डेलिभरी कम्पनीको चौथो वार्षिक उत्सवको अवसरमा भदौ २५ देखि ३१ सम्म फुड फेस्टको आयोजना हुने

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाण्डौँ।। काठमाण्डौँ भक्तपुर र ललितपुरमा फुड डेलिभरी सर्भिस दिँदै आएको डब्लु एल फुड डेलिभरी कम्पनीको चौथो वार्षिक उत्सवको अवसरमा डब्लु एल फुड फेस्ट आयोजना हुने भएको छ। ५०० बढी होटल तथा रेस्टुरेन्ट सँगको समन्वयमा डेलिभरी सर्भिस दिँदै आएको डब्लु एल फुडको चौथो वार्षिक उत्सवको अवसरमा डब्लु एल फुड फेष्ट भदौ २५ देखि ३१ गते सम्म आयोजन हुने भएको हो।

डब्लु एल फुड डेलिभरी कम्पनीका सी ई ओ रबिन कटेलका अनुसार विगत १० वर्ष देखिको अध्यान तथा अनुसन्धान कै कारण हाल डब्लु एल फुडले ग्राहकलाई डेलिभरी सर्भिस दिँदै आएको बताए। उनले चौथो वार्षिक उत्सवको अवसरमा फुड फेस्ट आयोजना गरेको बताउँदै उक्त फेस्टमा विभिन्न प्रकारका बम्पर अफर तथा पुरस्कारको व्यवस्था मिलाएको जानकारी दिएका छन्। उनले डब्लु एल बाट अडर गर्ने ग्राहकलाई खानामा ८० प्रतिशत सम्म छूट, साथै फ्रि डेलिभरीको व्यवस्था मिलाएको बताएका छन्। 

यस्तै कटेलले धुलिखेल जिप लाईनमा एउटा भौचर, अस्टर वाल क्लाइम्बको १०० प्रतिशत सम्मको फ्रि भौचर साथै लोटस क्लबको तर्फ बाट १ नाइट स्टे रूम फ्रिमा पाइने जानकारी दिएका छन्।

साथै उनले ग्राहकको प्रत्येक अडरमा हात खाली नहुने बम्पर अफरको समेत व्यवस्था मिलाएको बताएका छन्। 

यस्तै उनले चौथो वार्षिक उत्सवका अवसरमा डब्लु एलमा आबद्ध हुन चाहाने रेष्टुरेन्टलाई पनि निःशुल्क आबद्ध हुने अफरको समेत व्यवस्था मिलाएको जानकारी दिएका छन्। 

५० बढी कर्मचारीलाई रोजगारी सँग जोड्दै काठमाडौंका ५०० बढी होटल तथा रेष्टुरेन्ट सँग समन्वय मा डेलिभरी सर्भिस घर घरमा पुर्याउदै आएको छ। विभिन्न चाड पर्वको समयमा पनि यस्ता बम्पर छूट तथा उपहार सहितको अफर डब्लु एलले ल्याउँदै आएको छ। 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया