सुनसरी । महिला सीप विकास केन्द्र इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालीकाको सहयोगमा इटहरीमा १ महिने निशुल्क हेन्सम र बार्बी हेयरकट तालिम भइरहेको छ ।
महिलाहरूले सञ्चालन गर्दै आएको सीपविकास केन्द्रले अप्ठ्यारोमा परेका केही गर्छु भन्ने सोच भएका १० हजार महिलाहरुलाई मौरी पालन, ड्राइभिङ, प्लम्वर लगायतका सीपहरु सिकाएर उद्यमी बनाइसकेको सीप विकास केन्द्रकी कार्यकारी निर्देशक राधिका थापाले जानकारी दिएकी छन् ।
इटहरीका १० वटा वडाहरुका महिलाहरुको सहभागीता रहेको यस हेयरकट तालिमको १५ दिन पछि सहभागीहरुलाई हाटवजार, मायाघर लगेर कपाल काट्न लगाइने, बाहिरका मानिसहरूसँग खुलेर घुलमिल गर्न सिकाउने, तालिम समापन पछि ५ दिनको सीप तालीम दिने र १ वर्ष सम्म सहभागीहरु सँग सीप विकास केन्द्र सगै जोडिएर साथ सहयोग गरीरहने केन्द्रकी निर्देशक थापाले जानकारी दिएकी छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
१४ चैत २०८०, बुधबार ०८:१२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो