कर शिक्षा कार्यक्रममा धनकुटा करदाता सेवा कार्यालय र उवा संघ धनकुटा

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । धनकुटामा कर शिक्षा कार्यक्रम करदाता सेवा कार्यालय धनकुटाको आयोजनामा र धनकुटा उद्योग बाणिज्य संघको सम्वन्यमा सम्पन्न भएको छ ।

करदाता सेवा कार्यालय धनकुटाका प्रमुख सुजन थापाको अध्यक्षतमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अथिति धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले करलाई सरल र बैज्ञानिक बनाउदै करको दायरा फराकिलो बनाउदै लानु पर्नेमा जोड दिए । करदाता सेवा कार्यालय धनकुटाका अनुजा पराजुलीले सञ्चालन गरेको सो कार्यक्रममा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, धनकुटा उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष मन कुमारी तितुग, जिल्ला समन्वय समिति धनकुटका सदस्य रविन्द्र न्यौपाने, धनकुटा होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र विष्ट, राष्टिय सहकारी बैक धनकुटा शाखाका प्रवन्धक सुमन श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कार्यवाहक महासचिव श्रीराम रायमाझी, कार्यकारी सदस्यहरु अम्विका धमला, सुनिता श्रेष्ठ लगायतका उद्योगी व्यापारीहरु, सहकारीकर्मीहरुले आ–आफ्नो धारणा राख्दै कर शिक्षा र करको नयाँ नीतिको विषयमा समेत जिज्ञासा राख्नु राखेका थिए । 

    धनकुटाका उद्योगी, व्यापारी तथा व्यावसायीहरु, सहकारीकर्मीहरु र संचारकर्मीहरुको सहभागीता रहेको उक्त करदाता शिक्षा कार्यक्रममा करदाता सेवा कार्यालय धनकुटाका कम्प्यूटर अपरेटर सञ्जय पण्डितले प्यान, म्याट, अन्तःशुल्कको बारेमा जानकारी दिँदै डे वान, डे टु र डे थ्रि फर्ने विषयमा सहजीकरण गरेका थिए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया