फाष्ट मिडिया न्युज डेक्स
नेपालमा समृद्धिको प्रवल सम्भावना बोकेको क्षेत्र हो पर्यटन । पर्यटन प्रवद्र्धनका निम्ति हरेक वर्षलाई पर्यटन प्रवद्र्धनको वर्ष अर्थात भिजिट नेपालबाट गर्न खोजिए पनि त्यो अभियन्ताहरुको कमाइखाने भाँडो मात्र बनेन पर्यटन प्रवद्र्धनका नाममा गलत तगरिकाको लगानीले त्यो क्षेत्रको प्रवद्र्धन त्यति फस्टाउन सकेको छैन । यतिखेर तीन तहको सरकार भएको र स्थानीय सरकारले खोजि गरेर आफ्नो पालिका क्षेत्रको प्रवद्र्धनमा पर्यटनलाई राखे पनि रकम अभावका कारणले काम गर्न नसकिरहेको सन्दर्भमा विदेशमा भने नेपालका हिमाल आरोही (विदेशी)सहित त्यहाँको बौद्धिक व्यक्तित्व भेला गरेर कार्यक्रम आयोजना गर्नेकाम भईरहेको । यस्तै पर्यटन प्रवद्र्धनका निम्ति इजिप्टमा अत्यन्तै प्रभावकारी कार्यक्रम राजदुतावासले गरेको छ ।
फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो ।
साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा. ज्यारेड ह्यारिस र सिङ्गिङ्ग बाउलको उपचारात्मक महत्वबारे नेपालमा तालिम लिएको शिक्षाविद् कोर्टनी बेलीले वर्णन गरेका थिए ।
सो अवसरमा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको अनुपम सांस्कृतिक र प्राकृतिक सम्पदाबारे संक्षिप्त चर्चा समेत गरेका थिए । उनले इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयासबारे प्रकाश पार्दै दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारका लागि इजिप्सियन मिडियाको सहयोगका लागि धन्यवाद पनि दिए ।
कार्यक्रममा इजिप्टका भ्लग्गर र इन्फ्लुएन्सर, कलाकार, शिक्षा, संस्कृति र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरू, विदेशी कूटनीतिज्ञ, एयरलाइन्स, टिभी च्यानल एवं पत्रपत्रिकाका प्रतिनिधिका आदि गरी करिब ७० जना व्यक्तिको सहभागिता रहेको थियो ।
कार्यक्रममा फेब्रुअरी २७ र २८ तारिखका दिन आयोजित इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो । इजिप्टको बालसंस्कृति केन्द्रको सहआयोजनामा आयोजित सो प्रतियोगितामा तीन सयभन्दा बढी इजिप्सियन विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा र जनजीवन झल्किने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, कुमारी आदिको तस्वीर उतारेका थिए ।
फेब्रुअरी २७ का दिन चित्रकला प्रतियोगिताका अवसरमा राष्ट्रिय बालसंस्कृति केन्द्रका प्रमुख तथा सुप्रसिद्ध बालसाहित्यकार मुहम्मद नासेफले कार्यक्रमले दुवै देशबीचको जनस्तरको सम्बन्ध थप प्रवर्द्धन गर्न मद्दत पुग्ने धारणा प्रकट गरे । साथै उनले इजिप्टका संस्कृतिमन्त्री महामहिम नेभिन एलकिलानीले प्रतियोगिताको सफलताका लागि हार्दिक शुभकामना पठाएको उल्लेख गर्दै कार्यक्रमले इजिप्टका बालबालिकालाई नेपालको भौगोलिक विशेषता, प्राकृतिक सौन्दर्य र अनुपम संस्कृतिबारे जानकारी प्राप्त गर्ने अमूल्य अवसर प्रदान गरेको धारणा व्यक्त गरेका थिए।
अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले इजिप्टका बालबालिकामाझ नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक विशिष्टता तथा नेपाल–इजिप्ट सम्बन्धबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले प्रतियोगितामा पहिलोदेखि दशौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई पदक तथा सहभागी विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा इजिप्सियन नृत्यसहितको सांस्कृतिक कार्यक्रम, नेपाली कलाकृति तथा हस्तकला तथा बालसंस्कृतिसँग सम्बन्धित विविध विषयवस्तुको प्रदर्शनी गरिएको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो