डब्लु एल फेस्टमा पहिलो दिन नै भयो ५० लाख बढीको करोबार

दयाराम कटेल

काठमाण्डौँ। डब्लु एल फुड डेलिभरी कम्पनीले आयोजना गरेको डब्लु एल फेस्टमा पहिलो दिन नै ५० लाख बढीको करोबार भएको छ। भदौ २५ बाट ३१ गते सम्म चल्ने डब्लु एल फेस्टको पहिलो दिन ५० लाख बढीको कारोबार भएको डब्लु एलका भेन्डर मेनेजर विजय तामाङ ले बताएका छ्न।

काठमाण्डौं भक्तपुर र ललितपुरमा फुड डेलिभरी सर्भिस दिँदै आएको डब्लु एल फुड डेलिभरी कम्पनीको चौथो वार्षिक उत्सवको अवसरमा आयोजना भएको फेष्टमा विभिन्न किसिमका अफर तथा उपहारहरुको व्यवस्था राखिएको छ। ५०० बढी होटल तथा रेस्टुरेन्ट सँगको समन्वयमा डेलिभरी सर्भिस दिँदै आएको छ। 

डब्लु एल फुड डेलिभरी कम्पनीका सी ई ओ रबिन कटेलका अनुसार विगत १० वर्ष देखिको अध्यान तथा अनुसन्धान कै कारण हाल डब्लु एल फुड ग्राहक सँग निकट रहेको बताएका छन्। उनले भदौ २५ देखि ३१ सम्म चल्ने फुड फेस्टमा १० करोड सम्मको कारोबार हुने अपेक्षा राखेका छन्। 

दयाराम कटेल
प्रतिक्रिया