सरकारको पर्यटकीय गन्तव्य सुचिमा परेको भोजपुर जिल्लाको परिचयहरु गुमाउँदै गर्दा पर्यटनको क्षेत्रबाट उदाएका क्षेत्रको विकास र सम्बद्धको प्रयासको थालनी भएको छ । भोजपुरकै रमणीय पर्यटकीय स्थल मुन्धुम पदमार्गसँग जोडिएको चखेवाले पर्यटकीय पखेटा लगाए पनि प्रचारप्रसारको कमीले र तयस ठाउँमा राज्यको आँखा नपर्दा ओझेलमा परेको पक्कै हो । यद्यपि यस पटक उक्त क्षेत्रमा पर्यटनसँगै कृषि र संस्कृतिसमेतलाई जोडेर ३ दिने महोत्सव लगाउने तयारी भईरहेको छ ।
टेम्केमैयुङ गाउँपालिकाले नयाँ वर्षलाई लक्षित गरेर नयाँ वर्षको स्वागत गर्दै उक्त स्थानमा वैशाख १ देखि ३ गतेसम्म तीन दिन मेला लगाउने तयारी गरिरहेको पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादनका सामग्रीहरु, कला संस्कृतिको प्रवद्र्धन गर्दै उक्त पर्यटकीय क्षेत्रको विकासमा योगदान पु¥याउने गरी आयोजना हुन लागेको उक्त महोत्सवमा देशभरबाट सहभागी भई भोजपुरको विकासमा टेवा पु¥याउन संस्थाका अध्यक्ष आइ कुमार राई अनुरोध गर्दछन् ।
महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारहरुहरुको स्टल पनि राखिने भएको छ । गाउँपालिकाको आयोजना सन् २०२५ लाई मुन्दुम पर्यटकीय बर्षकारुपमा मनाउन लागिएकाले सो को प्रचार प्रसारका लागिसमेत यो महोत्सव फलदायी हुने आयोजक संस्थाका अध्यक्ष राईको भनाई रहेको छ । गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिव १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । करिव ५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो