फाष्ट मिडिया नेपाल संवाददाता
खोटाङ। हृदयघातबाट निधन भएका नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पु¥याइएकोमा त्यही नेम्वाङको निधन भएको थियो ।
सुवासचन्द्र नेम्वाङ पूर्वीय राजनीतिको मियो थियो । २०२९ सालदेखि इलामबाट कलेज लाईफमा अनेरास्ववियुबाट कम्युनिष्ट राजनीति सुरु गरेका नेम्वाङ पछिल्लो राजनीतिभित्र मौलाएको राजनीतिक विकृतिलाई हटाउने विश्वासिलो पात्रको रुपमा उदाएका थिए । तथापि २०७४ सालको निर्वाचनपछि झण्डै दुई तिहाई मत ल्याएर सरकारमा पुगको नेकपाको शक्ति बचाउनका निकै कसरत गरेका नेम्वाङ २०५६ सालदेखि लगातार इलाम क्षेत्र २ बाट संघीय सांसदमा विजय हुँदै आएका थिए । २०६२÷०६३ को आन्दोलनपछि देशको महत्वपूर्ण जिम्मेवारी संविधानसभाको अध्यक्ष भएर २०७२ सालमा नयाँ संविधान जारी गर्न सफल भएका नेम्वाङ हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत छन् ।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ विसं २०३३ मा राजद्रोह मुद्दामा केही समय जेल पनि परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।
विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२/६३ सँगै पुनः स्थापित संसद्का सभामुख भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चार पटक सभामुख हुँदा सधैँ सर्वसम्मत चयन हुने उनी नै पहिलो व्यक्ति हुन् ।
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो