गत आर्थिक वर्षकै कार्यक्रम अन्तर्गत सुनसरीको भोक्राहामा २ सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तल्लो वर्ग र असहाय तथा गरिबहरुलाई स्वास्थ्य बीमा कार्ड वितरण कार्यक्रम सञ्चालन भईरहेको छ । 

सोही कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षभित्रै बाँडिसक्नु पर्ने स्वास्थ्य निःःशुल्क स्वास्थ्य बीमा कार्ड अन्तर्गत २ सय  परिवारलाई सोमबार वितरण गरेको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाले फाष्ट मिडिया नेपाललाई बताए । अख्तरका अनुसार गाउँपालिकाको आर्थिक वर्ष ०८९/८० मा ५ सय परिवारलाई निःःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने कार्यक्रम अनुसार २ सय परिवारलाई निःशुल्क बिमा कार्ड वितरण गरिएको हो ।

सो कार्यक्रममा संघीय सांसद तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा गाउँपालिकाको सभाहलमा आयोजना गरिएको थियो।  कार्यक्रमको अध्यक्षता समेत गरिरहेका अख्तरले चालु आर्थिक वर्षमा पनि असहाय, विपन्न, ज्येष्ठ नागरिक, गरिब, अपांग गरी १ हजार परिवारलाई निःशुल्क बीमा कार्यक्रम अन्तर्गत बिमा कार्ड उपलब्ध गराईने बताए । सो कार्यक्रममा आयोजित सो कार्यक्रममा प्रदेश सभासद हाजी इसराइल मन्सुरी, सदानन्द मण्डल, गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराव, कार्यकारी प्रमुख सुवर्ण घिमिरे, वडा अध्यक्ष, जनप्रतिनिधि था पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 


खगेन्द्र कार्की
प्रतिक्रिया