रास्वपाको इटहरी वडा नं. ८ को नयाँ समितिको जिम्मेवारीमा पुनः सिग्देल विजयी, प्रथम भेलाले चुन्यो ११ सदस्यीय कमिटी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले इटहरीमा वडा भेला सम्पन्न गरेको छ । मौजुदा तदर्थ समितिका संयोजक चित्र सिग्देललाई सो भेलाले पुनः संयोजकको जिम्मेवारी दिएको छ । यसैगरी सहसंयोजकमा महिला हुनुपर्ने प्रवधान बमोजिम निता रिजाल चुनिएकी छन् भने सविन श्रेष्ठ सचिव बनेका छन् । यस्तै युवराज बस्नेत, प्रज्ञा ओझा, दुर्गा ओझा, प्रकाश कुमार रत्ने, माया गुरुङ, बिमल मैनाली, नगेन्द्र लामिछाने र पशुपति अधिकारी गरी ११ सदस्यीय कमिटी चयन गरिएको छ । समिति गठनको प्रक्रिया नगरसचिव पुष्पराज थापाले सञ्चालन गरेका थिए ।

निर्मला नेपाल र मनमाया ढकालले सञ्चालन गरेको सो कार्यक्रम सोही वडाका संयोजक चित्र सिग्देलले गरेका थिए । यस्तै कोशी प्रदेश महामन्त्री लालविक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु मैनाली, प्रदेश कोषाध्यक्ष चन्द्र बहादुर राई, प्रदेश गुनासो विभाग प्रमुख देवराज अधिकारी, प्रदेश महिला विभाग प्रमुख सम्झना खाती, जिल्ला संयोजक जीवन श्रेष्ठ, प्रदेश संगठन विभाग सचिव निरज कटुवाल, प्रदेश महिला विभाग सदस्य राधिका थापा, प्रदेश महिला विभाग सदस्य देविका भण्डारी, इटहरी उपमहानगर समिति कार्यवहाक सभापति हरिमाया अधिकारी, निर्वाचन क्षेत्र नं. ३ समिति सभापति यादवराज कोइराला, निर्वाचन क्षेत्र नं. २ का सभापति मोहन निरौला, निर्वाचन नं. ३ का पदाधिकारीहरु मनमाया ढकाल (यादव), प्रकाश खरेल, निर्वाचन क्षेत्र नं. २ पदाधिकारीहरु विनिता भारती (आचार्य), सूर्य निरौलाको उपस्थिति रहेको थियो । नगर विभागी प्रमुख एवम् पदाधिकारीहरु खेम राज पोखरेल, यादव पौडेललगायत वडासभापतिहरु निश्चल पोखरेल, गोविन्द निरौला, चहकमान भण्डारी, डिल्लीराम गुरागाई, महेन्द्र गुरागाई, हिरामणी घिमिरे, गणेश पौडेल, हरिस राई, प्रकाश बस्नेत, बासु निरौला, मान बहादुर बस्नेत, विष्णु बस्नेत, विनय श्रेष्ठ, राजन कटुवालको उपस्थिति रहेको थियो । 

सो कार्यक्रममा विष्णु बस्नेत, मिरा अधिकारी, यादव कोइराला, मोहन निरौला, देवराज अधिकारी, कमलबाबु मैनालीलगायतले रास्वपाको लक्ष्य र उद्देश्य, नीति र विचार बमोजिम रास्वपा सञ्चालन हुने र सोही अनुसार गर्नुगराउनु हुन अनुरोध समेत गरेका थिए । 

निर्वाचित भएपछि आफ्ना कुरा राख्दै नवनिर्वाचित संयोजक सिग्देलले कार्यक्रम सफल बनाउन उपस्थित सबैलाई धनयवाद दिँदै समग्र वडाको विकासका लागि यहाँका विकृति र विसंगति, बेतिथिका विरुद्धमा आवाज उठाउँदै वडाबासीको हकहितका निम्ति पालिकाबाट आएको बजेट कार्यान्वयनको पक्षमा दर्बिलो भएर खबरदारी गर्ने र विगत जस्तो बजेट फ्रिजहुनबाट जोगाउने अभियानमा लाग्ने उद्घोष गरे । 


खगेन्द्र कार्की
प्रतिक्रिया