सुनसरी। उधोग वाणिज्य संघ इटहरीको आयोजना तथा इटहरी मेडिकलको प्राविधिक सहयोगमा चैत्र ८ गते स्वास्थ्य सीवीर हुने मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
व्यस्तताको बावजुद आफ्नो स्वास्थ्यमा ध्यान दिन नसकिरहेको अवस्थामा विषेश गरी उधोगी व्यावसायी एवं शहरी गरिबीका कारण स्वास्थ्य सेवा लिन नसकेका सर्वसाधरणहरुलाई लक्षित गरी विभिन्न विधाका १८ जना विशेषज्ञ डाक्टरहरु वाट २५०० सम्म विरामीहरुलाई सेवा प्रदान गरिनेगरी उधोग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
शिविरमा विषेशज्ञहरुद्वारा सुगर प्रेसर साथै नाक कान घाटी, हाडजोर्नी तथा नसा रोग, कस्मेटिक सर्जरी, मुटु रोग तथा प्रेसर, कुष्ठरोग, यौन रोग, फोक्सो रोगहरुको चेकजाच गरी निशुल्क औषधि वितरण गरिने तथा शिविर वाट सिफारिस गरिएका विरामीहरुलाई २० प्रतिसत छुटमा उपचार हुने इटहरी मेडिकलका प्रमुख वल वहादुर न्यौपानेले जानकारी दिएका छन्।
उधोग वाणिज्य संघ इटहरीको कार्यालय परिसरमा स्वास्थ्य शिविर हुने छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो