धनकुटामा फरक क्षमता भएका विद्यार्थीलाई समाग्री वितरण

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । नेपाल महिला संघ धनकुटाले फरक क्षमता भएका विद्यार्थीहरुलाई अत्यावश्यक विभिन्न समाग्रीहरु वितरण गरेको छ ।  

अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा धनकुटा वडा नंं ४ स्थित मार्गेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका ३४ जना विद्यार्थीहरुलाई लत्ता कपडाहरु र खाद्यान्न  तथा खेलकुद सामागी्रहरु वितरण गरको हो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, महिला संघ धनकुटाका अध्यक्ष तथा संविधान सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरु सिता श्रेष्ठ, सुमना तिम्सिना,नेपाल  तरुण दलका केन्द्रिय सदस्य लितक महत,नेपाल महिला संघ धनकुटा उपाध्यक्ष अम्विका धमला, सचिव संगिता चापागाई, सहसचिव जानुका सुन्दास, धनकुटा नगर कार्य समितिका अध्यक्ष राधा बजगाई,सदस्य दुर्गा शिवा,नेपाली कांग्रेस  धनकुटा नगरपालिका वडा नं. ४ का उपसभापति गोविन्द मैनाली स्रोत कक्षका शिक्षक श्रवणलाल राई लगायतले फरक क्षमता भएका विद्यार्थीहरुलाई लत्ता कपडा लगायत विभिन्न खाद्यान्न  र खेलकुद समाग्री वितरण गरेका हुन् ।

सचिव संगीता चापागाईले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष लिला सुब्बाले गरेकी थिईन् । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया