रिकेश निरौला। सुनसरी। युवा सशक्तीकरण समुह र इनरुवा नगरपालिका वडा नं-०५ काे सहयाेगमा युवा नेपालद्वारा आयाेजना गरिएकाे एक दिवसीय पर्यावरण अनुकूल सेनेटरि प्याड निर्माण तालिम सम्पन्न भएकाे छ।
इनरुवा नगरपालिका वडा नं-०५ काे सभाहलमा आयाेजना भएकाे उक्त तालिममा इनरुवा नगरपालिकाका विभिन्न वडाहरु बाट करिव २५ जाना किशाेरीहरुकाे सहभागिता रहेकाे थियाे।इनरुवा ५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे उक्त तालिम महिनावारी विभेद हामीले भाषण गरेर अथवा सम्झाएर परिवर्तन भइहाल्ने विषय नभएको उनी बताउँछन् ।
नबुझेकालाई राम्रोसंग भनेमा बुझ्छन्, बुझेर पनि यो प्रथालाई निरन्तरता दिएकाहरुलाई परिवर्तन गर्नु निकै मुस्किल काम हो,' भनेर वडा अध्यक्ष पाेखरेलले बताउँछन् । उनी विभिन्न संघ संस्थाहरुकाे साथलिएर सेनेटरि प्याडमार्फत कुप्रथा विरुद्ध मन्ध रुपमा क्रान्ति थालेको जानकारी दिएका छन्। उनले वातावारण र महिलाको स्वास्थ्य जोगाउँनु मात्र नभई महिनावारी सम्बनधीको अन्धविश्वासलाई चिर्नु उदेश्यलिएका छन् ।
सहभागी किशाेरिहरुले पनि एक दिनकाे तालिम भए पनि निकै फलदायि र आफुहरुले प्रयाेग गर्ने प्याड निर्मार्ण गर्न अब आफुहरुनै सक्षम भएकाे कुरा बताएका छन्न। उनिहरूले सिकेकाे कुरा अब आफुमा मात्र सिमित नराखेर आफ्नाे घरपरिवार र समाजका महिलाहरुलाई समेत सिकाउने प्रतिवध्ता समेत गरेका छन्न।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो