उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धी दुई दिने आधारभुत तालिम रामधुनीमा सम्पन्न

दयाराम कटेल

मोरङ। रामधुनी -८ मा स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धी दुई दिने आधारभुत तालिम सम्पन्न भएको छ। सेभ द अर्थको विश्वास परियोजना अन्तर्गतको सहयोग तथा स्वास्थ्य डुम्रहा हेल्पपोस्टकोको सहजीकरणमा रामधुनी ८ र ९का महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता वृद्धि तथा जनचेतनाका लागि आयोजना गरिएको दुई दिने तालिम सम्पन्न भएको हो। 


सेभ द अर्थका स्वास्थ्य विभाग कार्यरत प्रवेश रिजालले उपेक्षित उष्णप्रदेशिक रोगहरुमा कुष्ठरोग, खस्रेरोग, सर्पदंश, लुतो, रेबिज, कालाजार, डेंगु, फित्तेजुका, जुका र हात्तिपाईले गरी १० वटा रोग रहेको बताएका छन्। 


यी रोगहरुलाई मानिसहरुले बेवास्ता गरिरहेका छन्। यस्ता रोगको नियन्त्रण तथा सचेतना नहुँदा कयौको मानिस जोखिममा भएको कारण उक्त सचेतना तथा अभिमुखि तालिम आयोजना गरिएको रिजालले जानकारी दिए। उनले विषेशगरी महिला स्वयंसेविकाहरु नै समुदाय स्थरमा काम गर्ने भएका र विभिन्न गाउँठाउँका मानिसहरु उनिहरुकै मार्फत बाट स्वास्थ्य संस्था सम्म पुग्ने भएकाले उनीहरुलाई तालिम दिएको रिजाल बताउँछन्।

रिजालले सुनसरीका विभिन्न स्थानमा डेंगु व्याप्त भएकाले यस बाट जोगिने सचेत रहने बारे महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरिएको जानकारी दिएका छन्। उनले अन्य रोगको संक्रमण खासै नदेखि पनि यसको जोखिमबारे अगावै सचेत रहनु पर्ने बताएका छन्। 


उक्त तालिममा रामधुनी ८ र ९ का २१ महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो। जसमा महिलाहरुलाई उपेक्षित उष्णप्रदेशिय रोगका बारे जानकारी साथै सचेत रहनका लागि अपनाउनुपर्ने विभिन्न संयन्त्रहरु बारे शिक्षण गरेको छ। 

दयाराम कटेल
प्रतिक्रिया