जनताकाे सेवा र स्थानीय तहकाे विकाशका लागि पदिय दम्भ त्याग्न आग्रह : इनरुवा नगरपालिका प्रमुख भण्डारी

फाष्ट मिडिया नेपाल संवाददाता

रिकेश निरौला । सुनसरी । सुनसरी सदरमुकाममा रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्नका लागि आग्रह गरेका छन् । इनरुवा नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भएको   सुनसरी जिल्लाका न्यायिक समिति अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भण्डारीले यस्तो आग्रह गरेका हुन ।

उनले जनताको सेवा र विकास गर्नका लागि पद भन्दा पनि जुनसुकै ठाउँमा बसेर गर्न सक्ने भएकाले त्यही हिसाबले लाग्नका लागि सबैलाई आग्रह गरे । न्यायिक समितिले संगठित रुपमा लुज फोरम बनाएर काम गएकोमा प्रमुख भण्डारीले बधाई पनि दिए । यो कार्यक्रमलाई निरन्तरता दिन, व्यवस्थापन पक्षलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए । न्यायिक समितिले जनताको उजुरीको न्यायसगैं सामाजिक न्यायको पक्षमा योगदान गर्नुपर्ने सुझाव दिएका छन् ।


सुनसरी जिल्ला न्यायीक समिति बीचको एकदिने अन्तरकृया कार्यक्रममा न्यायिक समितिलाई सेवा प्रदायक संस्था जस्तो वडा तहमा स्थापित मेलमिलाप केन्द्र, जिल्ला तहको जिल्ला अदालत, प्रहरी कार्यालय, अर्धन्यायिक निकाय र न्याय क्षेत्रसँग सम्बन्धित अन्य निकायसँग जोड्न सक्ने न्यायको पहिलो रेखाका रूपमा परिकल्पना गरिएको प्रमुख भण्डारीले जानकारी दिएको छन् ।

सुनसरीका स्थानीय तहका न्यायीक समिति एकिकृत भएर नयाँ अभ्यास सुरु गरेको छ । जिल्लाका १२ स्थानीय तहका उपप्रमुखको नेतृत्वमा रहेको न्यायीक समितिको मासिक अभ्यास तथा अन्तरकृया गरेर सिकाई आदानप्रदान गर्ने नयाँ अभ्यासको थालनी भएको इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता कुमारी मेहताले बताएकी छन् ।एक स्थानीय तहको न्यायीक समितिले गरेको काम र अभ्यास अर्को स्थानीय तहका लागि सिकाई हुने तथा सुधार गर्नुपर्ने पक्षका बारेमा एक अर्कासगं सिकाई आदानप्रदान गर्ने मासिक अभ्यास थालेको  उनी बताउँछिन् ।

मासिक अन्तरकृया कार्यक्रम अन्तरगत सुनसरी जिल्ला न्यायिक समिति बीचको अन्तरकृया इनरुवा नगरपालिकाको आयोजनामा चौथौ कार्यक्रम सम्पन्न गरिएको हो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया