विराटनगर । मुख्य न्यायधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौ स्थापना दिवसका अवसरमा अहिलेसम्म सामान्य मानिसले कानुनको डर मानेर बसेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले कानुनले जनतालाई बाटो देखाउने हो, डर देखाउने होइन, कानुनले सर्वधारणलाई डर, त्रास देखाउनु भन्दा पनि सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले कानुनको ब्याख्या गर्दै भने– ‘कानुनी अपरिवर्तनीय होइन, समय आवश्यक्ता अनुसार परिवर्तन हुन्छ, र कानुनी शासनभन्दा सहजीकरणका लागि आवश्यक रहेको औंल्याए । संघीयता कार्यान्वयनमा कानुनलाई जोड्दै मुख्यमन्त्री कार्कीले भने प्रदेशमा अहिलेसम्ममा छ जना मुख्य न्यायाधिवक्ता उत्पादन भइसक्यो तर आफू पदमा हुँदा त्यही कानुन ठीक र पदबाट हटेपछि त्यही कानुन गलत भएको भन्दै अदालतमा वहस गरेपछि कसरी संघीयता कार्यान्वयन हुन्छ ? भन्दै प्रश्न गरे । उनले आफु सरकारमा रहुञ्जेल संविधानको अक्षरसः पालना गर्ने र सहिदको रगतले लेखिएको संविधान विपरित सरकारको कुनैपनि काम नगर्ने प्रतिबद्धता समेत बताए । उनले अहिलेको सरकारले सुशासन र जनताको सेवामा कुनै सम्झौता नगर्ने जानकारी पनि दिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो