दिवंगत नेता नेम्वाङको राजकीय सम्मानका साथ आर्यघाटमा गरियो अन्त्येष्ठि

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

राजकीय सम्मानका साथ नेम्वाङको आज बिहीबार अन्त्येष्टि गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउनुभएको थियो।

नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिनुभएको हो। नेम्वाङको अन्त्येष्टिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलगायत पशुपति पुग्नुभएको थियो । नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।


खगेन्द्र कार्की
प्रतिक्रिया