रिकेश निरौला
सुनसरी । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छन् । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु गरेका थिए । कार्कीले झापा, इलाम र मोरङका वन तथा बस्तीमा हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन ।
पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो । सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए । त्यस क्रममा स्थानीय बासिन्दाले पछिल्लो पटक तालतलैयासहित इटहरी क्षेत्रमा जंगली हात्तीबाट भएको क्षतिबारे जानकारी गराएका छन् ।
कार्कीले आफू जनताको समस्या बुझ्न र समाधानका उपाय पहिल्याउनकै लागि पदयात्रामा निस्किएको बताउँदै उनी आफै जनताको समस्या बुझ्न घरदैलोमै आएको जानकारी दिएका छन्। उनले हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो भनेका छन्। मुख्यमन्त्री कार्कीले आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रको लागि विशेष कार्यक्रम ल्याइने आश्वासन दिएका छन् ।
मुख्यमन्त्री कार्कीको पदयात्रा उदयपुरको बेलसोत पुगेर समापन हुने भनिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो