इटहरी । रामधुनी नगरपालिकाले बेरुजु रकम फस्र्यौट नगर्ने कर्मचारी, जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिविरुद्ध कडा कदम चाल्ने भएको छ । नगरपालिकाले जारी गरेको परिपत्रमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार बेरुजु नतिर्नेहरूको तलब–भत्ता रोक्नेदेखि सम्पत्तिबाट समेत रकम असुल गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
नगरपालिकाका अनुसार नियमित प्रक्रियाबाट फस्र्यौट हुन नसकेको बेरुजुलाई ‘सरकारी बाँकी’ मानी जिम्मेवार व्यक्तिबाट असुल गरिनेछ । ऐनको दफा ४९ अनुसार सरकारी रकम वा जिन्सी हिनामिना गर्ने तथा सम्झौताअनुसारको रकम नबुझाउने व्यक्तिको नाम कुमारी चोक तथा केन्द्रीय तहशिल कार्यालयमा लगत कायम गरी असुली प्रक्रिया अघि बढाइनेछ ।
उक्त कार्यालयलाई रकम असुलीका क्रममा प्रमाण बुझ्ने, बयान गराउने, साक्षी झिकाउने तथा आवश्यक परे कानुनबमोजिम कारबाही गर्नेसम्मको अधिकार रहेको नगरपालिकाले जनाएको छ । साथै बेरुजु रकम स्वेच्छाले नतिरे सम्बन्धित व्यक्तिको जायजेथाबाट सरकारी बाँकी सरह रकम असुल गर्न सकिने कानुनी व्यवस्था रहेको भन्दै नगरपालिकाले समयमै बेरुजु फस्र्यौट गर्न आग्रह गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो