अमेरिकाबाट फर्किएकी पछि हराइरहेकी खोटाङमा जन्मिएकी लाखौं स्रोता, दर्शककी फ्यान जेनिशा राई को हुन ? किन बेपत्ता भईन ? उनी क्रिश्चियन भएर पनि किरात मुन्धुमप्रति किन नतमस्तक भईन ?

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

बुबा बेलायती गोर्खा सैनिक, पुर्ख्यौली घर खोटाङ । काठमाडौंमा राम्रो वातावरणमा हुर्किन्, बढिन्, राम्रो स्कुल-कलेज पढिन् । उच्च शिक्षा भने बेलायतबाट पुरा गरिन् ।  त्यसपछि अमेरिका गईन् र बिबाह गरिन् । तर आफ्नो बैबाहिक सम्बन्ध आफुले सोचे जस्तो नभएर होला सायद, केहि बर्षपछि नेपाल नै फर्किन् र काठमाडौंमै आमाबुबा सँगै बस्न थालिन् गायिका जेनिशा राई। 

जातिले ऊनी किरात राई भएपनि धर्मले इसाई (कृश्चियन) हुन् । आफु सानो छँदै आमाबुबाले इसाई धर्म ग्रहण गरेपछि नियमित रुपमा चर्च जाने, प्रार्थाना गर्ने, भजन गाउने गर्न थालिन् । यसैक्रममा गीत(संगीत तिर ढल्किन् र अन्ततः एक प्रतिभाशाली चर्चित गायिकारसंगीतकर्मीको रूपमा उत्रीन् र करोडौं दर्शक, श्रोता र शुभचिन्तक कमाइन्। 

इसाई परिवारमा हुर्केकि भएर नै सायद किराती समुदाय, संस्कार– संस्कृतिप्रति अनभिज्ञ अथवा सिमित ज्ञान मात्र भएको हुन सक्छ । तथापि, पछिल्लो समयमा आएर भने आफु किराती समुदायको भएको र आफ्नो समुदायको आफ्नै छुट्टै मौलिक पहिचान, परम्परा, रिति(थिति र संस्कृति हुँदो रहेछ भन्ने कुराको चेत आउँदै गरेको महशुस गरिरहेकि रहिछन् । 

उनको परिवारको अवला उनको आफ्नै ठुलो बुबा र श्रीमतिले पनि इसाई धर्म ग्रहण गरेका रहेछन् । र त्यसरी इसाई भैसकेपछि आफ्नो तिनचुलो उखेलेर फ्याँकेका रहेछन् । त्यसै बिचमा आफ्नो घरपट्टिको बोजुको निधन पनि भएको रहेछ ।  छोरोले चुला उखेलेर फ्याँकेको पीरले हुन सक्छ सायद । 

आफ्नो पित्रीचुला उखेलेर फ्याँकेको केहि केहि समयपछि संयोग भनौं वा पित्रीहरुको सराप, ठुलो बुबा पनि भिरबाट लडेर बितेका रहेछन् । त्यसरी तीन चुला उखेलेर फ्याँकेका कारण बोजुको आत्मामा अत्यन्तै ठुलो चोट पुगेको थियो होला किनभने त्यो जेरुशाको सपनाले पटक-पटक देखाइरहेको हुन्थ्यो । जतिखेर ऊनी अमेरिकामा थिईन्, सपनामा आएर बोजुले त्यो उखेलेर फ्याँकिएको चुलाहरु पुनस्थापना गर्न बारम्बार  भन्थिन्, याचाना गर्थिन्, जबकि तिनचुलाको बारेमा जेरुशालाई खासै ज्ञान थिएन वा राईहरुले  तीन चुला पुज्छन भनेर राम्रो जानकारी पनि थिएन सायद । 

जब ऊनी अमेरिकाबाट फर्केर नेपाल आईन् अनि आमालाई यसबारेमा सबै कुरा बताइन्  ।  तीन चुलाको महत्वको बारेमा पनि सोधिन् । आमाले पनि किरात राईहरुको पहिचान, संस्कार र संकृतिका बारेमा जाने–सुनेको जति बुझाइ दिइन् । स्मरण रहोस्, जेरुशाकि आमा ब्राम्हण समुदाय (घिमेरे) बाट परिवारकी छोरी हुन् । 

उनकी आमाका अनुसार पछिल्लो समयमा आएर जेरुशा किरातजन्य कृयाकलाप, भाषा, भेषभुषा, रहन(सहन, संस्कृति र परम्पराप्रति निक्कै चासो देखाउने गर्थिन्। यतिसम्म कि उनले किरात राईको बारेमा किताब नै लेख्ने सम्म बताएकि थिइन्। 

यसरी हेर्दा ऊनी एक इसाई बिस्वासी भएपनि किरात मुन्धुम प्रति गहिरो आस्था पलाउँदै आएको बुझ्न सकिन्छ । तर दुर्भाग्यबस, अमेरिकाबाट आएको केहि महिनामा ऊनी  घरबाट एकाएक हराईन् । 

करिब एकबर्ष पछि हालै चितवनको टाँडी चोकमा देखा परिन् भन्ने सामाजिक संजालहरुमा आएको खबरले उनि अझै सकुशल छिन् कि भन्ने आशा घरपरिवार, आफन्तजन सारा शुभचिन्तकहरुमा पलाएको छ । 

सुख–दुस्ख सबै मान्छेको जीवनमा हुन्छ । कुनै न कुनै पीर लिएर नहिँड्ने सायदै कोहि मान्छे होला । जेरुशासँग पनि थिए होलान्  आफ्नै किसिमका हजार पीरहरु । कहिले-काहि आमालाई भन्थिन् रे १ म अब कसैले नदेख्ने ठाउँमा गएर बर्षौंसम्म ध्यान गर्छु !! भनेर । 

एक त घरकि ठुली छोरी भएको जिम्मेवारी बोध थिचेको थियो होला, उता संगीत क्षेत्रबाट पाएको प्रसिद्धि सम्हाल्नुपर्ने जिम्मेवारी पनि थियो होला, अर्को तिर आफ्नो बैबाहिक सम्बन्धबाट पाएको अथाह चोट पनि थियो होला, त्यसमाथि बिस्वासी र मुन्धुमी दुइ धार्मिक आस्थाहरुको बिच रेखामा उभेर दिग्भ्रमित भइ बाँच्नुपर्ने अवस्था पनि थियो होला । यस्तै यावत परिस्थितिहरुका कारण गहिरो मानसिक द्वन्दमा फस्न गइ आफैलाई कतै एकान्तमा लुकाएकि होलिन् कि । 

स्रोत सामाजिक सञ्जालबाट


खगेन्द्र कार्की
प्रतिक्रिया