तरहरादेखि सेउतीसम्मको थोरै तर जोखिमयुक्त सडक निर्माण अझै सुस्त, जोखिम मोल्दै यात्रुहरु हिंडन बाध्य

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । भारतको नाका जोगबनीदेखि चीनको नाका किमाथाङ्का जोड्ने कोशी राजमार्ग अन्तर्गतको सुनसरीको तरहरादेखि सेउती पुलसम्मको केही किलोमिटर जोखिमयुक्त बाटो निर्माणमा ढिलाई हुँदा यात्रुहरु मर्कामा परेका छन् । 

पहाडी जिल्लामा चट्टान र पहरा फुटाएर राजमार्ग बनिसक्दा सुगम क्षेत्र इटहरीदेखि धरानबीचको सडक भने लामो समयदेखि अझै बन्न सकिरहेको छैन । धरानको यहि क्षेत्रलाई मात्र हेर्ने हो भने २०७८/०८९ देखि हालसम्म भएका ८२ दुर्घटनामा झण्डै एक दर्जन यात्रुले ज्यान गुमाएका छन भने झण्डै डेढ सय यात्रुले घाइते भएर अस्पतालको बेडमा पुगेका छन् । 

खास गरेर उक्त व्यापारिक मार्गको सेउती पुल नजिकैदेखि तलहरासम्मको बाटो निर्माणमा ढिलाई हुँदा उक्त क्षति भईसकेको छ । बाँकी रहेको केही किलोमिटर थोरै तर अत्यन्तै जोखिमपूर्ण बाटोका कारणले यात्रुहरु धुलाम्मे बन्ने, दोहोरो यातायातका साधनले उडाएको धुलोबाट बाटो नै नदेखिने र दुर्घटना निम्त्याउने खतरा अझै कयमै रहेको देखिन्छ । यद्यपि केही समय अगाडि देखि विहानको समयमा त्यहाँ पानी छिटिएको हुन्छ भने बेलुकी पख भने अवस्था उस्तै देखिन्छ । अब पनि तदारुकताका साथ उक्त बाटो नबन्ने हो भने वर्षाको समयमा झन धेरै दुर्घटना हुने सम्भावनालाई नकार्न सकिँदैन । 

अर्कोतिर दुर्घटनाको जोखिम रहँदा रहँदै उक्त क्षेत्रमा सीमित गतिले सवारी साधन चलाउनुपर्ने भएकोले जंगली जनावरको समेत उत्तिकै त्रास रहँदै आएको छ । यतिखेर केही महिनादेखि आएका हात्तिले समेत मानिसको ज्यान लिने र भौतिक क्षति पु¥याउने काम भईरहेको र अन्य जनावरको डर पनि उत्तिकै रहेको देखिन्छ । उक्त क्षेत्रमा लुटपाट र चोरी हुने त्रास समेत बोकेर यात्रुहरु ओहोरदोहोर गर्ने गरेका भेटिन्छन् ।

धुलाम्मे र हिलाम्मेको बीचमा डबल बस्त्र बोकेर ज्यान जोखिममा राखेरै भए पनि यात्रा गर्नुपर्ने बाध्यतामा रहेको यात्रुको गुनासो छ । 

सडक निर्माणमा ढिल्ला सुस्ती भएकै कारण दुर्घटनाको जोखिम समेत बढेको जिल्ला ट्राफिक कार्यालय सुनसरी स्वीकार गर्दछ । आर्थिक वर्ष २०७८/७९ मा भएका ५३ वटा दुर्घटनामा परेर ६ जनाले ज्यान गुमाएको र ८८ जना घाइते भएको तथ्याङ ट्राफिक प्रहरी कार्यालयमा रहेको छ । यसैगरी आर्थिक वर्ष २०७९/८० मा सो क्षेत्रको दुर्घटनाको संख्या घटेको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ । ट्राफिक प्रहरकिा अनुसार सो आर्थिक वर्षमा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको र ४३ जना घाइते भएको देखिन्छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म ६ वटा मात्र दुर्घटना भएका छन् जसमा एक जनाको ज्यान गएको देखिन्छ भने १० जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी हेर्दा हरेक वर्ष दुर्घटनाको अवस्था न्युन हुँदै गएको र उक्त सडक बनिसकेपछि उक्त क्षेत्रमा दुर्घटना धेरै कम हुने आंकलन गरेको बताउँछ ।

उक्त सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएर काम गरिरहेको भए पनि धिमा कामले यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।   साढे १० अर्ब बढी रकमको लागत भएको सो सडक खण्डमा समयमा काम पुरा नभएपछि लागत पुनः बढेको छ । यसले किमांथाङका नाका र जोगबनी नाकामा हुने व्यापार व्यवसायलाई समेत असर पु¥याईरहेको व्यापारिको गुनासो रहि आएको छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया