फाष्ट मिडिया नेपाल संवाददाता
विराटनगर । मोरङमा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि मोरङमा खोप अभियान सञ्चालन हुने भएको छ ।
आइतबार विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित कार्यक्रमबाट महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन हुने जानकारी गराइयो ।
कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हुने अभियान विराटनगरको कोशी अस्पतालमा भदौ २८ गतेबाट तीन दिने हुने जानकारी दिए।
भदौ ३१ गतेसम्म चल्ने अभियानमा १४ वर्ष पूरा भएकाहरुले खोप लगाउन सक्ने खोप अधिकृत भण्डारीले बताए। भण्डारीका अनुसार आउँदो वर्षबाट मुलुकभर १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाउन पाउनेछन्।
हाल मुलुकभर एचपीभीको २० हजार डोज खोप सात प्रदेशमा लगाउने तयारी भएको बताएका अधिकृत भण्डारीले कोशी प्रदेशमा २ हजार २६ डोज लगाउने तयारी भएको जानकारी दिए।
कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा। सुरेश मेहताले आउँदो वर्षबाट नियमित खोपमा एचपीभी खोप समावेश गरिने बताए। हाल सरकारले विभिन्न १३ प्रकारका एन्टिजेन खोप मासिक १७ हजारभन्दा बढि खोप केन्द्रमार्फत उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
पाठेघरको क्यान्सर एचपीभी खोपबाट निवारण गर्न सकिने बताएका डा। मेहताले यस अभियानलाई सफल बनाउन आग्रह गरे। एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने कार्यक्रममा जानकारी दिइएको छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो