शिक्षालाई लुटतन्त्र होइन गरिबमुखी सर्वसुलभ र गुणस्तरीय बनाउ

फाष्ट मिडिया नेपाल संवाददाता

बलधप कार्की

शिक्षामा आमुल परिवर्तन आजको आवश्यकता हो । राणाकालमा राणाका निम्ति अंग्रेजी शिक्षाको आवश्यकता भई खुलेको सरकारी माध्यमको विद्यालय नै नेपालको शिक्षा प्रादुभाव मानिन्छ । त्यसपछि बिस्तारै सर्वसाधारणका छोराछोरी अध्ययन गर्ने सरकारी विद्यालय खुल्दै जाँदा त्यहाँ राजनीतिक दल, तिनका नेता र आसेपासेहरुको प्रवेश भयो । जब राजनीतिक दलका नेता, कार्यकर्ताको हातमा शिक्षा पुग्यो, शिक्षाका नाममा निजी स्तरबाट गुणस्तरको नारामा अभिाभावक लुट्ने र चाँडै आयआर्जन हुने माध्यम शिक्षा बन्यो तब शिक्षा क्षेत्रले विकृतिको चाँङ लिएर बाँच्न विवश पनि बन्यो ।  शिक्षा क्षेत्र खास गरेर देशमा शिक्षाको विकास विना राष्ट्रको बिकास असम्भब नै हुन्छ भन्नेमा अनगिन्ति  बिचारक, शिक्षाविद्, प्रबुद्धवर्ग, प्रध्यापक , शिक्षक, झोले, टोले देखि केन्द्रीय  स्तरका राजनितिक नेता आदि सबै एक्कै  स्वर र लयमा चिच्याइ रहनु  विवशतावश यथार्थ स्वीकार गरेको आमनागरिकको बुझाई बन्न पुगेको छ । तर माथि उल्लेखित कसैले पनि कसरी सुधार गर्न सकिन्छ भन्ने बारे प्रष्ट बिचार सहितको  राष्ट्रवादी  राष्टिय शिक्षा नीतिको  अनिबार्यताको बारे चुइ समेत गर्न  नसकिरहेको तितो यथार्थ  पनि आमनागरिक समक्षा छर्लङ्ग छ । राष्ट्रवादी राष्ट्रिय शिक्षा नीतिको अभाबले   विद्यालय, कलेज र विश्वविद्यालयहरु शैक्षिक मफिया, नाफाखोर व्यापारी र राजनीतिक आवरणका अतिवादीहरुको घेराबन्दि परिरहेकोलार्इ मुक्त गर्न पर्ने माग समेत राख्न नसकेको बर्तमानमा  चानचुने टुक्रे कुरा मात्र राखि रहनुलाई आमनागरिकले गफाडिको  गफ  कै रुपमा मात्र बुझेका छन ।  किन कि सरकारी बिध्यालयहरुको ब्यवस्थापन समितिको गठन राजनितिक भागबन्डामा हुँदा त्याहाँ शिक्षाविद् र प्रबुद्ध वर्गको प्रवेशमा निषेध हुनुले नै शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावकको विद्यालयको राजनीतिक  क्रिडास्थल र अभ्यासकेन्द्र  हुन पुगेको  प्रष्ट छ । 

निजीस्तरका नाफाखोर विद्यालयलार्इ थोरै लगानि मा  अत्याधिक नाफा आर्जन दिन खुल्ला छुट दिनुले  वर्तमान राष्टिय शिक्षा नीति राष्ट्र र जनताको पक्ष  नरहेको छलङ्ग हुन्छ । वर्तमान राष्ट्रिय शिक्षा नीति  बहुमुखी परिभाषाको परिणाम नै संस्कार, सस्कृति, सभ्यता, आदर्शता, अनुशासनहिनता  आदिको चरम बढोत्तरि को परिणामले नै भ्रष्टचार जस्तो मानसिक सरुवाले मुलुक  संकटग्रस्त हुन पुगेको अनगिन्ति जानकारी समेत आमनागरिक  पाइसकेको स्पष्ट छ । युवा बेरोजगार रोजगारीको लागि विदेश पलायन  हुनु पनि वर्तमान राष्ट्रिय शिक्षा नीतिको उपहार नै  रहेको बुझिन्छ । 

तसर्थ  यदि यि यथार्थलार्इ स्वीकार्ने हो भने कठोर राष्ट्रवादी राष्ट्रिय शिक्षा नीति लागु गर्नु पर्ने अनिबार्यलाइ स्वीकारी चानचुने कुरामा नलाग्नु नै  राष्ट्रभक्तित्व  परिचय बन्न जाने र बिकास , समृध्दि , स्वाधिनता, राष्ट्र, राष्टिठ्रयता,  जनहित, सामाजिक  न्याय, मानव अधिकार  आदि प्रतिको प्रतिबद्धताको युग सुरु भएको आमनागरिकले स्वतः  महसुस गर्नेमा कसैको बिमती हुने छैन ।

(लेखक मोरङ गोठगाउँको पञ्चायत माध्यमिक विद्यालयको माध्यमिक तहको अंग्रैजी विषयको शिक्षक हुँदै शिक्षा पेशाबाटै जीविकोपार्जन गरिरहनु भएको छ ।)

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया