इटहरी । धरान, इटहरी, बराहक्षेत्रभित्र पर्ने चारकोसे झाडी (जंगल)मा हात्तीको आतंक मच्चिएको धेरै भईसकेको छ । कहिले बस्तिभित्रै छिरेर त कहिले बटुवा वा घाँस दाउरा गर्न गएका मानिसहरुको अनाहकमा ज्यानमात्र गएको छैन लाखौंको धनमाल क्षति समेत गरिसकेको छ । आज पनि इटहरीको पानीपिया क्षेत्रको जंगलमा पूर्व पट्टि ४ वटा हात्ती एकै ठाउँमा र एउटा हात्ति खोल्सामा पौडी खेलिरहेको अवस्थामा भेटिएको छ ।
त्यो दृश्य हेर्ने र दृश्यलाई आ–आफ्ना मोबाइलमा कैद गर्नेहरुको भिड लागेको थियो । हाइवेमा कु्दै गर्दाका साधन रोकेरै उनीहरु उक्त दृश्य कैद गरिरहेका देखिन्थे । बराहक्षेत्र नगरपालिकाले हात्ति धमाउनका निम्ति रातीको गस्ति नै गरेको थियो तर पनि अहिलेसम्म हात्ति बजार नजिकै रहनुले स्थानीयबासीलाई आतंकित मात्र बनाएको छ । घरमा सुतेका मानिसहरु हात्ति आउने पो हो कि भन्ने डरले जाग्राम नै बस्ने गरेका छन् । यसको कसको ? हात्ति आतंकको निराकरण हुन जरुरी छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो