इटहरी । केही वर्षदेखि छोरीचेलीहरु बाहिर पठाउन निकै असहज महसुस घरघरमा भईरहेको छ । रोजीरोटीको सन्दर्भमा होस् वा विद्यालयमा पढ्न गएकी वा होस्टलमा राखिएकी चेली होस् उनीहरुको जीवन बचेर फर्कने हो कि होइन भन्ने दोधिरमा अभिभावकहरु बस्ने गरेका छन् । चाहे त्यो बलात्कारपछिको हत्याको सन्दर्भमा होस् वा चोरी र लुटपाटको सन्दर्भमा होस् । मारिदिने र प्रमाण नष्ट गर्ने गरेर अपराधीले उन्मुक्ति पाउँदै आएको छ । विशेष गरेर निर्मला पन्तको बलात्कार पछि गरिएको हत्या र त्यो काण्डमा मुद्धिएका व्यक्तिको पहिचानले पनि त्यसपछि शृंखलाबद्ध रुपमा यस्ता घटना भईरहेका छन तर देशको कानुनले खासै काम गर्न सकिरहेको देखिँदैन । अपत्यारिला ढंगका रिपोर्ट निकाल्ने र गलत तरिकाले अपराधीको पक्षपोषण गर्ने तौरतरिकाले हिंसाको अवस्था बढ्दो छ ।
चितवनमा १४ वर्षीय नाबालिका शालिनको बलात्कारपछि हत्या भएको दाबी परिवारको छ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा होस्टेलमा बसेर अध्यनरत गरिरहेकी छोरी होस्टेलमा झुण्डिएको अवस्थामा भटिएपछि बाबु दिपेन्द्र पोखरेलले घटनास्थलको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको दावी गर्दै आए पनि अहिलेसम्म उक्त घटना अनुसन्धानमै सीमित रहेको छ ।
यता खोटाङको ऐसुलुखर्क गाउापालिका ६ बाट भविष्यको गोरेटो पछ्याउँदै मोरङ पथरीशनिश्चरे नगरपालिका ७ लामा टोलीमा बस्दै आएकी १५ वर्षीया नाबालिका थुलुङ राईको विभत्स हत्या गरिएको थियो । पमामाको छोरा विनोद राईसँग २ वर्षदेखि बस्दै आएकी थिईन् । सुत्नु अघि घर बाहिर रहेको शौचालयमा राति १०ः३० बजे गएको र चिच्याएपछि बाहिर निस्कँदा उनको ढुकढुकी मात्र रहेको विनोदलाई उदृत गर्दै विभिनन सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।
घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ । हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिए ।
प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग समेत गरेको छ । तर, हालसम्म हत्यामा संलग्नका बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको डीएसपी दाहालले बताए । ‘हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । हत्यामा संलग्नको खोजीमा प्रहरी जुटेको छ,’ उनले भने, ‘बालिकामाथि पटकपटक हतियार प्रहार भएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।’
प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो