बराहक्षेत्रको पर्यटकिय स्थल: अमहा पोखरी ( तस्बिरमा )

फाष्ट मिडिया नेपाल संवाददाता

रिना तामाङ, सुनसरी।। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा अवस्थित अमहा सिमसार अहिले आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ। 

अमहा सामुदायिक वन र मानव बस्तीको बीचमा रहेको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको अमहा पर्यटकीय स्थलमा करिब डेढ हेक्टरमा पोखरीले ओघटेको छ। 

कुनै समय पोखरीको अवस्था निकै खस्किएको थियो। जसको कारण यो पोखरीको अस्तित्व घुम्ने अवस्थामा थियो। त्यसै समयमा स्थानीयवासी र सामुदायिक वन समूहको स्वामित्वमा करिब १० वर्षअघि पोखरीले नयाँ जीवन पाउन सफल भएको छ। 

अमहा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भोजराज घलेका अनुसार यहाँ आउने पर्यटकमध्ये अधिकांश धरानका हुन्छन्। उनीहरू यहाँ वनभोज, फिशिङ र यहाँको प्रकृतिक सौन्दर्यको अवलोकन गर्न आउने गरेको बताउँछन्। घलेले गर्मी यामको समयमा उनीहरू साँझसम्म माछा मार्ने बताएका छन्। 

पर्यटकका लागि वन समूहले पोखरीमा दुई वटा फाइबर हंस डुङ्गा र तीन वटा काठको डुङ्गा उपलब्ध गराएको छ। डुङ्गा चड्नका लागि पर्यटकले टिकट काट्नु पर्दछ।

अमहा पोखरीको बीचमा अमहा देवी थान ( देवी मन्दिर) पनि रहेको छ। अमहा सिमसारभित्र बाल पार्क र वरपरको जंगलमा कछुवा, सिंह र कङ्गारुको मुर्तीहरु पनि देख्न सकिन्छ। करिब एक वर्षअघि मात्रै यस ठाउँमा झोरलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो।

तस्बिरमा रमणीय पर्यटकीय स्थल अमहा :

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया