मोरङको पथरी शनिश्चरेमा जारी पथरीशनिश्चरे प्रिमियर लिग चौथो संस्करणको अन्तर्गत खेलमा रोयल किङ र गोर्खा लिजेन्ट विजयी भएका छन्।
सोमबारको पहिलो खेलमा रोयल किङले क्लासिक एलाभेन हसन्दहमाथि २२ रनको जित निकालेको थियो भने दोश्रो खेलमा गोर्खा लिजेन्टले ६७ रनको अन्तरले बुद्ध युनाइटेडलाई पराजित गरेको हो।
रोयलले दिएको १३२ रनको लक्ष्य पछ्याएको हसन्दहले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रन बनाएको हो ।
हसन्दहका लागि अनुप श्रेष्ठले सर्वाधिक ४६ रनको योगदान गरे । त्यस्तै, दिपक पासवानले २६ रन बनाउन बाहेक अन्य ब्याष्टमेन चल्न सकेन्न ।
बलिङ तर्फ रोयलका दिवस राजबंशी र राज बस्नेतले समान ३(३ बिकेट लिए । त्यस्तै, रोबर्ट राईले दुई विकेट लिँदा दुइ ब्याटमेन रन आउट भए ।
आजै भएको दोस्रो खेलमा गोर्खा लिजेन्टले बुद्ध युनाइटेडलाई ७ विकेटको क्षतिमा २० ओभरको समाप्तिसंगै १ सय६४ रन टार्गेट दिएको थियो।
उक्त प्रतियोगितामा आफ्नो फितलो प्रस्तुतिका कारण बुद्ध युनाइटेड ६७ रनले पराजित भएको छ।
बुद्ध यूनाइटेडले ९ विकेटको क्षतिमा १६ ओभरको समाप्तिसंगै ९७ रन मात्रै जोडेको थियो।
गोर्खाका कुमार खड्काले एक्लैले ५ विकेट लिनुका साथै ४५ रन जोडेर विशेष योगदान दिए। उनी ुम्यान अफ दी म्याचु घोषित भए। उनलाई पथरीशनिश्चरे ( २ का वडाध्यक्ष नैना साम्पाङ राई र वडा सदस्य चन्द्र कुमार राईले ट्रफी प्रदान गरेका थिए।
उक्त अवसरमा प्रिमियर लिग चौथो संस्करणका अध्यक्ष विरोज मगर, सचिव राकेश राई, लगायतको उपस्थिति रहेको थियो।
भोलिको पहिलो खेलमा सातबाघ र आइतबारे अश्त्र भिड्ने आयोजकले जनाएको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो