नविकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको चेतावनी

खगेन्द्र कार्की

त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ ।

यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ ।  नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ ।

नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया