यसपटकको प्रतनिधिसिभा निर्वाचनले नेपाली राजनीतमिा एउटा नयाँ संकेत दिएकोे छ । प्रत्यक्ष तर्फ कुल निर्वाचित मध्ये ७१ जना अर्थात् ४३.०३ प्रतशित सांसद ४० वर्षमुनकिा युवा रहेका छन् । अझ रोचक कुरा के भने तीमध्ये ४ जना ‘जेनजी’ उमेर समुहका पनि छन् । यसले संसद् भत्रि पुस्तान्तरणको प्रक्रयिा सुरु भएको स्पष्ट सन्देश दिएको छ ।
अघिल्लो अर्थात् २०७९ सालको निर्वाचनसँग तुलना गर्दा यो परिवर्तन निकै ठूलो हो । २०७९ मा प्रत्यक्षतर्फबाट जम्मा १० जना मात्र युवा सांसद निर्वाचित भएका थिए । अहिले भने त्यो संख्या सात गुणासम्म बढेको छ । यसले नेपाली मतदाताले अब राजनीतिमा नयाँ सोच, ऊर्जा र दृष्टिकोण चाहेको संकेत दिएको छ । पुराना अनुहार र परम्परागत शैलीप्रति बढ्दो असन्तुष्टि तथा नयाँ नेतृत्वप्रति बढ्दो विश्वासले यस्तो परिणाम ल्याएको मान्न सकिन्छ ।
युवा सांसदहरूको आगमनले संसद् भित्र नयाँ बहस र नयाँ कार्यशैलीको सम्भावना पनि बढाएको छ । प्रविधिको प्रयोग, पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी राजनीतिका विषयमा युवापुस्ताले अपेक्षाकृत फरक ढंगले सोच्ने गर्छन् । आजको विश्वमा शासन प्रणाली, अर्थतन्त्र, शिक्षा, रोजगारी र प्रविधि सबै तीव्र गतिमा परिवर्तन भइरहेका छन् । यस्तो अवस्थामा युवा नेतृत्वले समयअनुसारका नीति र योजनामा सक्रिय भूमिका खेल्ने अपेक्षा स्वाभाविक हो ।
तर केवल युवा हुनु मात्र पर्याप्त हुँदैन । युवामाथि नागरिकको अपेक्षा पनि त्यत्तिकै ठूलो हुन्छ। संसद्मा पुगेका युवा सांसदले आफूलाई केवल नयाँ अनुहारका रूपमा मात्र प्रस्तुत गर्ने होइन, परिणाम दिने नेतृत्वका रूपमा स्थापित गर्नुपर्ने चुनौती छ। जनताको समस्या बुझ्ने, नीति निर्माणमा सक्रिय हुने, भ्रष्टाचार र अपारदर्शिताविरुद्ध स्पष्ट अडान लिने तथा विकास र सुशासनका मुद्दामा ठोस काम देखाउने जिम्मेवारी उनीहरूमाथि छ ।
अर्कोतर्फ, अनुभव र ऊर्जा बीचको सन्तुलन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । संसद् केवल जोशले मात्र होइन, विवेक, अध्ययन र सहकार्यले पनि चल्ने संस्था हो । त्यसैले युवा सांसदहरूले वरिष्ठ नेताहरूको अनुभवबाट सिक्दै आफ्ना नयाँ विचार र ऊर्जा प्रयोग गर्न सके भने संसद् अझ प्रभावकारी बन्न सक्छ ।
समग्रमा हेर्दा यसपटकको निर्वाचन परिणाम नेपाली राजनीतिमा पुस्तान्तरणको संकेत हो। अब प्रश्न युवाको संख्या बढेकोमा मात्र सीमित छैन, उनीहरूले संसद् र देशको राजनीतिलाई कति सकारात्मक दिशातर्फ अघि बढाउँछन् भन्नेमा केन्द्रित छ । यदि युवा सांसदहरूले जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्न सके भने यो परिवर्तन नेपाली लोकतन्त्रका लागि ऐतिहासिक अवसर बन्न सक्छ । लोकतन्त्रले दिएको यो ऐतिहासिक अवसरको उपयोग र आफ्नो श्रृजनशिल सक्रियता निर्वाहमा यो युवा सहभागीता फलदायी हुनेछ भन्नेमा नागरिक समेत आशावादी रहेका छन् ।
Nathanael
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो