पथरी शनिश्चरेमा जातीय विभेद विरुद्ध संयुक्त संघर्ष समिति गठन

फाष्ट मिडिया नेपाल संवाददाता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० जिरीखिम्तीमा दलित समुदायप्रति गरेको जातीय विभेद विरुद्ध संयुक्त संघर्ष समिति गठन भएको छ । 

पथरी बहुमुखी क्याम्पसको सभाहलमा दलित समुदायका अगुवाहरु भेला भई गोपाल लकान्द्रीको संयोजकत्वमा पत्रकार सम्मेलनको आयोजना गरी संयुक्त संघर्ष समिति गठन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा लक्ष्मण गुराँगाई, सचिव नरेश घतानी, सह–सचिव गीता विक, कोषाध्यक्ष मिना सिन्चीउरी रहेका छन् । यसैगरी सदस्यहरूमा काजीमान खाती, सन्त विक, इन्दिरा सुन्दास, वीरध्वज शिवा, आरती खाती, सिता दर्जी अन्जना शिवा, सम्झाना नेपाली, हरि लुवागुन, निर्मला नेपाली, प्रकाश शिवा, इन्द्रबहादुर विक, भिमाकुमारी शंकरर, सपना नेपाली, चन्द्रबहादुर शंकर, मान दियाली, लेखनाथ शंकर, प्रकाश विक र राजकुमार विक रहेका छन् । 

स्थानीय वृद्धा शान्ति सुवेदीले घरमा लगाएको पुराणमा रीता विश्वकर्मालाई छुवाछुतको घटना कानुनी प्रक्रियामा गएको थियो । 

अहिले सोही विषयलाई लिएर गाउँका केही अगुवाहरुले स्थानीय स्तरमा हुने विवाह तथा पुराणहरुमा दलित समुदायलाई बहिष्कार गरिएको भन्दै सामाजिक तथा कानुनी लडाइँको लागि संघर्ष समिति गठन गरिएको कार्यक्रमको प्रमुख अतिथि किष्णकुमारी विकले बताइन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया