खगेन्द्र कार्की

न्यू पेगोडा स्कुलमा ३१ औ वार्षिकोत्सव सुनाखरी माविका प्रधानाध्यापक तामाङ सम्मानित

मोरङको पथरीशनिश्चरे–१ मा स्थापित न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले आज (सोमबार) आफ्नो ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सुनाखरी माविका प्रधानाध्यापक नरेन्द्र घिसिङ तामाङ लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पथरीशनिश्चरे १ मा रहेको सुनाखरी माविका प्रधानाध्यपक घिसिङ न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलको पूर्व विद्यार्थी हुन् । तामाङ एमफिल गरेर विद्या वारिधिको तयारीमा रहेका छन् । न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले विभिन्न विधामा स्थापित आफ्नो पूर्व विद्यार्थीहरु, अभिभावक, शिक्षिकालाई सम्मान तथा पुरस्कार वितरण गरेर वार्षिक उत्सव मनाएका हुन् । घिसिङसँगै पूर्व विद्यार्थी पण्डित युगलकिशोर अधिकारी, कलाकार अनुप राउतलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षिकाको रुपमा रेखी गुरुङ र मेनुका सुवेदी, अभिभावकहरु बलराम सापकोटा, कल्पना चौहान, केशव दाहाल, पुण्यबहादुर तामाङ, दधिराम सापकोटा, सुबास गुरुङ र पूर्णसिंह चेम्जोङलाई सम्मान गरिएको प्रिन्सिपल उद्धव निरौलाले बताए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दुर्गा दंगालको सभापतित्व र नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरको शिक्षा विभागका अधिकृत नवीन खुलाल, १ नं. वडाका वडाध्यक्ष भीमकुमार राई, स्वयम विद्यालगका संस्थापक निर्देशक टिकाप्रसाद दंगाल लगायतले शुभकामना दिएका थिए । वार्षिक उत्सवको अवसरमा अभिभावक वीच खेलाइएको विभिन्न खेलमा बिजेताहरु र नर्सरीदेखि कक्षा १० सम्मका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर उपस्थिति अभिभावक र विद्यार्थीहरुलाई भरपूर  मनोरञ्जन प्रदान गरिएको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया