मेष – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने दिन छ । घरखर्च पनि बढ्ला । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्ने योग रहेकोले संयमताको जरुरत छ । विवादबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद रसराग तथा मनोरञ्जनमा मन जाला । धार्मिक कार्यमा पनि आकर्षण बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ ।
वृष – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यसम्बन्धीे समस्याले सताउन सक्छ, सचेत रहनुहोला । मित्रजनले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्ने योग रहेकोेले सावधान रहनुहोला । दौडधुपका साथै जोखिम बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । अध्ययन-अध्यापनमा प्रगति होला । कृषि र पशुपालनबाट फाइदा हुनेछ । यात्रा पनि उपलब्धीमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – आजको दिन चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । कामको नयाँ योजना छ भने शुरु गर्नु उपयुक्त होला । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीसम्बन्धी काममा भने केही ब्यवधान आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिष्पर्धी परास्त होलान् । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह – आजको दिन दोडधुप र खर्च पनि बढ्न सक्छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्ला । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । मित्रजनसँग मनमुटाव एवम् विश्वासमा पारेर धोका दिने सक्रिय रहलान् । रसरागको भाव वृद्धि होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । परिवारजनबाट सुख-सन्तोष मिल्नेछ ।
कन्या – व्यस्तताका साथै अनुकूलता वृद्धि हुनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । लाभदायी कामको दायित्व बढ्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । मान महत्व बढ्नेछ । कुनैपनि समस्याको समाधान मिल्ने समय छ ।
तुला – सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने समय छ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइमा सुधार हुने दिन छ । पराक्रम र आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । समग्रमा दिन राम्रै छ ।
वृश्चिक – परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । कुनै कामविशेषमा विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु हितकर होला । स्वादिष्ट भोजनको आनन्द मिल्ने दिन छ । परिवारिक सुख बढ्नेछ । सामर्थ्य वृद्धि हुनेछ भने रोकिएको काम बन्नेछ । आरोग्यता रहला । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – व्यापार-व्यवसायमा राम्रै फाइदा भएता पनि आर्थिक अभावको अनुभूति हुने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि विशेष अनुकूल समय छ । मिठो भोजन प्राप्त हुनेछ । सुख-समृद्धि बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण वृद्धि होला ।
मकर – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । नाता-कुटुम्बको सहयोग प्राप्त होला । व्यापार-व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । कर्मबल बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रा सफल रहला ।
कुम्भ – कामबाट प्रशस्त लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – केही प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् भने यात्राको योग छ । आफन्तको साथ कमै मिल्ला । साझेदारीको काम बन्नेछ । सुखविलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो