इटहरी । ससुरालीको झगडा मिलाउन गएका मोरङका एक युवाले धारिलो हतियार प्रयोग गरेर श्रीमतिकै हत्या गरेका छन् । पाँचथरको मिक्लाजुङ गाँउपालिका ३ आरुबोटेका असफल कूरुम्बाले श्रीमति गोमा फियाकको हत्या गरेका हुन्।
ससुराली घरमा पारिवारिक झमेला मिलाउन बसिरहेको समयमा श्रीमान कुरुम्बाङले श्रीमती फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमीत कुशवाहाले जानकारी दिए । उनकाअनुसार श्रीमतीलाई हतियार प्रहार गर्दा छुट्ट्याउने क्रममा सासु कान्छिमाया र स्थानीय महेन्द्र श्रेष्ठसमेत सख्त घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि झापाको बि एण्ड सी अस्पताल पठाइएको प्रहरीले बताएको छ । उनी मिक्लाजुङबाट घर झगडा मिलाउनका लागि ससुराली आएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
२७ पुस २०८०, शुक्रबार ०९:१९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो