नेपाल तामाङ घेदुङ संघ इटहरीको १९ औं वार्षीक साधारणसभा सम्पन्न

फाष्ट मिडिया नेपाल संवाददाता

सुनसरी । नेपाल तामाङ घेदुङ संघ इटहरी उपमहानगर समीतीको १९ औं वार्षीक साधारणसभा इटहरी -०५ जनतावस्तीमा सम्पन्न भएको छ ।

साधारणसभा कार्यक्रममा डम्फु वजाउदै तामाङ सेलो गाउदै नाचगान गरिएको थियो,भने कार्यक्रममा वर्षभरी गरीएको कामहरुको विषयमा सार्वजनीक गरिएको थियो । साधारणसभामा विशेष गरी माघ २६ र २७ गते तामाङ समुदायको महान पर्व सोनाम लोछार भव्यरुपमा मनाउने विषय पनि जानकारी गराइएको थियो ।


उक्त लेछार पर्वको अवसरमा जिल्ला, नगर, गाउँबाट जातीय भेषभुषामा सजीएर २६ गते नृत्य प्रतियोगीता गरीने र २७ गते झाकी सहीत इटहरी नगर परीक्रममा गरी विभिन्न कार्यक्रम गरी लोछार पर्व मनाइने इटहरी नगर समितिको नगर अध्यक्ष मोहन लोप्चन तामाङले जानकारी गराए ।

कार्यक्रममा विभिन्न ठाउका घेदुङ संघका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया