फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । घटना बैतडीको हो । धेरै उमेर खाएर बेसुर बन्ने गरेका बाजे पनि होइनन । दिमाग बिग्रका पनि होइनन् ५० वर्षमा टेकेका गणेश साउद (बाजे)ले आफ्नै नातीमाथि कुटपिट गर्दा २ वर्षीया बालकको निधन भएको छ भने अर्का ८ वर्षीया नाती भने घाइते भएर उपचारमा रहेका छन् ।
घट्ना वैतडीको पुर्चौंडी नगरपालिका–६ मुडेलीधारको हो । कुट्नुपर्ने कारण खुलेको छैन अनुसन्धानकै क्रममा रहे पनि अबोध भगवानको रुप धारण गरेका बालकहरुको के नै गल्ति हुन्छ र ?
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए अनुसार बाजे गणेशको कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान निधन भएको छ । बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदैछ ।
बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिठ गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो