चतरा नहरमा डुबेर गौतमको निधन

खगेन्द्र कार्की

बराहक्षेत्र । सुनसरीको चतरा नहरमा डुबेर एकजनाको निधन भएको छ।

बराहक्षेत्र नगरपालिका–७ बिचपानी निवासी ४० वर्षीय गौतम राईको नहरमा डुबेर निधन भएको हो। इलाका प्रहरी कार्यालय चक्रधट्टीका अनुसार सोमबारबाट घरमा कसैलाई नभनी हिडेका राई मृत भेटिएका हुन्।

बुधबार मध्यान्ह १२ बजे नहरमा डुवेर निधन भएको अवस्थामा राईको शव भेटिएको र उनको शव पोस्टमार्टमका गर्नका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जानकारी दिएको छ। राईका आमा, श्रीमती र दुई नाबालक छोरी छन्।


खगेन्द्र कार्की
प्रतिक्रिया