फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । दार्चुलामा यार्सा संकलनका क्रममा हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ।
बुधवार डोटीको जोरायल गाउँपालिका२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए।
भागेर ज्यान गुमाएकाहरूको सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरूमध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएका थिए।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर–५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकोमा बुधवार छिमीको शव फेला पारेको हो। यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो