एक प्रतिनिधिसभा सदस्य (हाल निलम्बित) र अर्का पूर्वमन्त्री भ्रष्टाचारी ठहर भएको मुद्दामा पाँच जनाले भने सफाइ पाएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सांसद टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जना भ्रष्टाचारी ठहर हुँदा ५ जनाले भने सफाइ पाएका हुन् ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार १४ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले ९ जनालाईलाई दोषी ठहर गरेको हो ।
००००
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ अन्तिम नामावली प्रकाशित गरेको हो ।
जसअनुसार शनिबार उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामावली कायम भएको छ ।
००००
कांग्रेस नेता चन्द्र भण्डारीको दायाँ हात र बायाँ हातको केही भाग र औँलाको सर्जरी गरिएको छ । नेशनल बर्न सेन्टर मुम्बईमा मंगलबार भण्डारीको दायाँ हात र बायाँ हातको केही भाग र औँलाको सर्जरी गरिएको हो ।
उपचारमा संलग्न डा सुनिल केश्वानी र डा शिल्पा केश्वानीका अनुसार सर्जरी भएको कारण भण्डारीलाई पुनः आईविसियु (आईसियु) मा अव्जरभेसनका लागि राखिएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानवअधिकार सल्लाहकार गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले स्वीट्जरल्याडको जेनेभामा जारी संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को ५२औँ सत्रको उच्चस्तरीय बैठकलाई मंगलबार सम्बोधन गरेका छन् ।
सो अवसरमा उनले बढ्दो द्वन्द्व र जनताका आधारभूत आवश्यकता पूरा हुन नसक्दा मानवअधिकार र मानवीय मर्यादाको उपभोग गर्न जनतालाई कठिनाइ भएकामा जोड दिएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ ।
००००
आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन्।
मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ ।
००००
वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलहरू दर्ता भएका छन्।
रवि लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गर्दै सांसद र मन्त्री पदबाट मुक्त गरिदिएपछि उक्त स्थान रिक्त भएसँगै उपनिर्वाचन हुन लागेको हो।
००००
सबैभन्दा ठूलो दल एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।
१५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ मन्त्रालयसम्बन्धी ९ वटा निर्णय गरेको हो । ठकले कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरूको पाँचौँ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलको फागुन १९ देखि २३ गतेसम्मको भ्रमणलाई स्वीकृत गरेको छ ।
००००
गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन्।
मंगलवार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले पललाई अबक दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरूमा अभिनय गरेर अघि बढ्न सुझाएका हुन्।
००००
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकाल सकिएपछि काठमाडौंको चपलीस्थित आफ्नै निजी निवासमा सर्ने तयारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहसचिव शैलेजा भट्टराईका अनुसार राष्ट्रपति भण्डारी कार्यकाल सकिएपछि आफ्नै निजी निवासमा सर्ने तयारी भएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
००००
राजनीतिक अस्थिरताबीच शेयर बजार सम्हालिएको छ । साताको तेस्रो दिन मंगलवार शेयर बजारको मापक नेप्से परिसूचक ३.८१ अंकले घट्दा ३ लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
००००
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न विभिन्न राजनीतिक दलका नेतालाई पत्र लेखेका छन् ।
यसैक्रममा देउवाले अर्को प्रतिस्पर्धी दल एमाले अध्यक्ष केपी ओलीलाई पनि पत्र बुझाएको छ । सभापतिका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवालाई सोमवार पत्र बुझाएका हुन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो