सुनसरी ।। सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि आज रिकोभरिङ नेपालको आयोजना तथा रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। "अगाडि बढ्नुहोस् र रक्तदान गर्नुहोस्। आफ्नो रक्तदान गरेर मात्र मुक्तिदाता बन्नुहोस्।" नारा सहित रिकोभरिङ नेपाल कोशी प्रदेशले ४६ पिन्ट रगत सङ्कलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सशस्त्र प्रहरी पकलीका वरिष्ठ उपरिक्षक रबिनराज कर्णजीतको प्रमुख आतिथ्यता तथा इटहरी उपमहानगरपालिकाका वडा नं ६ साथै वडा नं ९ का वडा अध्यक्ष क्रमश दिवश पोखरेल र जितेन्द्र थापा लगायत आम्दा नेपाल इटहरीको प्रमुख रोहित चौधरीको विशिष्ट आतिथ्यतामा तथा अन्य सहभागीको उपस्थितिमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
उक्त रक्तदान कार्यक्रममा जम्मा ४६ पिन्ट रगत सङ्कलन भएको छ।
रिकोभरिङ नेपाल कोशी प्रदेश प्रमुख चन्द्र बरालले मानव कल्याणको सेवाको लागि सो कार्यक्रम गरिएको बताएका छन्। उनले रिकोभरिङ नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा उक्त रक्तदानलाई पनि समाज हितका लागि गरिएको बताएका छन्। बरालले सुनसरीका विभिन्न हस्पिटल हरुमा रगतको चरम अभाब भएकोले पनि रक्तदान कार्यक्रम आयोजना गरी रगतको पर्याप्ततालाई बढाउन प्रयास गरिएको जानकारी दिएका छन्।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो